सुचना, समाचार र मनोरन्जन

वर्षाले स्काईवाकमा हिँड्दा डरसँगै खुसीको अनुभव साटिन

काठमाडौं :

अभिनेत्री वर्षा सिवाकोटी यतिबेला पुर्वको घुमघाममा छिन्। उनले धनकुटाको भेडेटारमा रहेको स्काइवाकमा पुगेर तस्विर समेत सार्वजनिक गरेकी छन्। भेडेटारमा रहेका स्काइवाकमा उभिएको एक तस्विरमा उनले हिँड्दा डरसँगै खुसीको अनुभव भएको अनुभव साटेकी छन्।

सुटिङको सिलसिलामा पूर्वको पर्यटकीय गन्तव्य मध्येको भेडेटार पनि एक हो। धरानबाट नजिकै रहेको यो उचाईमा प्राय अधिकांश मान्छेहरु पुग्ने गरेका छन्। वन्डर्स ग्रुपले सञ्चालन गरेको स्काइवाकमा पुगेर वर्षाले समेत मनोरञ्जन लिएकी हुन्।

स्काइवाक अवलोकन गर्दै वर्षा भनिन्छन्,पर्यटनको अथक सम्भावना रहेको मुलुकमा यस्ता खालका संरचनाहरू बन्नु आफैँमा राम्रो हो।‘डाँडामा स्काइवाक बनाएर नयाँ गन्तव्यको रुपमा विस्तार गर्नु आफैँमा सुखद पक्ष हो, सबैले साथ दिनुपर्छ।’

Leave A Reply

Your email address will not be published.