काठमाडौं :
अभिनेत्री वर्षा राउतलाई घरमा आमाले पहिलाको जस्तो खाना खानमा रोक लगाएको खुलासा भएको छ। उनले खाना धेरै खाएर पेट फुलेको फोटो भाइरल भएपछि उनलाई खाना खानमा रोक लागेको हो। किनभने उनले खाना खाएपछि फुलेको पेट देखिँदा प्रेगनेन्ट भएको भन्दै उनलाई बधाइको ओइरो आएपछि सधैको तुलनामा कम खाना खान थालेकी छन्। जुन कुरा उनले सोमबार काठमाडौंमा एक पत्रकार सम्मेलनमा खुलासा गरेकी हुन्।
सोमबार हात्तिसारस्थित उनी अभिनित फिल्म ‘तेल भिसा’ मिडियासँगको अन्तरक्रिया कार्यक्रम राखिएको थियो। उक्त कार्यक्रममा उनलाई तेल भिसामा प्रेगनेन्ट हुनुहुनछ, अब रियलमा चाहिँ कहिले ?’भन्ने प्रश्न पत्रकारले राखेका थिए।
यसको जवाफमा राउतले भनिन्,‘तेल भिसामा प्रेगनेन्ट हुनुहुनछ, अब रियलमा चाहिँ कहिले ?’ राउतले जवाफ फर्काइन्, ‘यो बच्चा कहिले भन्ने प्रश्न यति आइसक्यो कि अब मेरो बच्चा हुने वेला नि मलाई एक्साइटमेन्ट हुँदैन होला ।’
उनको त्यो तस्विरमा पेट फुलेको देखिएको कुराको बारेमा समेत बेलिबिस्तार लगाइन्। खानापछि खिचेको फोटोमा वर्षाको पेट पुक्क फुलेको देखियो । यसपछि उनी प्रेगनेन्ट भएको ठानेर दर्शकहरुले बधाइ दिन थालेको उनको भनाई छ।
फिल्मको पत्रकार सम्मेलनमा वर्षाका साथमा विपिन कार्की, ऋचा घिमिरे, बुद्धि तामाङ र फिल्मका लेखक तथा निर्देशक शंकर घिमिरेको पनि उपस्थिति रहेको थियो। आउँदो मंसिर ७ मा प्रदर्शनमा आउन लागेको यो फिल्मको व्यापार प्रचारप्रसारमा निर्माण पक्ष लागेको छ।