सुचना, समाचार र मनोरन्जन

विपिन कार्कीका मेहनतलाई ५० लाख होइन,एक करोड दिदा पनि घाटा लाग्दैन : ऋचा घिमिरे

काठमाडौं :

अभिनेता विपिन कार्कीको हरेक भुमिकामा फरक फरक क्यारेक्टर गर्दै आएका छन्। फरक फरक गेटअपमा आफुलाई उनी पर्दामा उतार्न चाहान्छन्। त्यसैले उनले यहि मंसिर ७ गते प्रदर्शनमा आउन लागेको फिल्म ‘तेलभिसा’मा दोहोरो भुमिका निवार्ह गरेका छन्।

उनले बुबाको र छोरोको क्यारेक्टमा आफुलाई प्रस्तुत गरेका छन्। दोहोरो क्यारेक्टर गर्दा उनले आफ्नो पारिश्रमिक पनि दोहोरो नै लिएको हल्ला छ। उनले यो फिल्मका लागि पारिश्रमिक स्वरुप ५० लाख लिएको चर्चाले राम्रै स्थान पायो।

सोमबार काठमाडौंको हात्तिसार स्थित नेपालमा हाउसमा निर्माण टिमले पत्रकार सम्मेलन गरेको थियो। उक्त समयमा विपिनलाई पत्रकारले यो फिल्ममा तपाईले दोहोरो भुमिका निवार्ह गर्नुभएको छ। पारिश्रमिक पनि दोहोरो नै लिएको हल्ला छनि भन्ने प्रश्नमा उनले मुसुक्क हाँस्दै फिल्मकी निर्माता ऋचा घिमिरेलाई माइक दिए। उनले यो फिल्ममा आफुहरुले ५० लाख हाराहारी दिएको तर त्यो रकम विपिनको मेहनतका अगाडि थोरै भएको तर्क गरिन्।

Pach Pandav

ऋचाले भनिन्,‘५० लाख मात्रै होइन कि एक करोड नै दिए पनि रिजर्भ गर्नुहुन्छ। कलाकार पनि स्टारडम पनि।’

उनको प्रश्न नसकिदै पत्रकारले सोधे,‘भनेपछि विपिन जिको पारिश्रमिकका लागि मात्रै सिनेमाले एक करोड कमाउनुपर्ने रैछ है।’

उनको जवाफमा ऋचाले भनिन्,‘विपिनजीको जुन पावरफूल पफमेन्स छ। त्यो पफमेन्सको पनि छ भ्यालु छ मुभिको।’

शंकर घिमिरेको निर्देशनमा बनेको यो फिल्मलाई ऋचा घिमिरेले निर्माण गरेकी हुन्। फिल्ममा विपिन कार्की र ऋचा घिमिरेका अलवा वर्षा राउत,बुद्धि तामाङ लगायत थुप्रै नयाँ पुराना कलाकारहरुले अभिनय गरेका छन्। नेपालका विभिन्न स्थान र अमेरिकामा छायांकन भएको यो फिल्मको मुख्य आशय अमेरिकामा तेलभिसामा आउनेहरुको कथालाई बोकेको छ।

फोटो : सुरेन्द्र थापा

Leave A Reply

Your email address will not be published.