काठमाडौं : नेकपा (माओवादी केन्द्र) का उपमहासचिव वर्षमान पुनले गठन भएको दश महिनासम्म सरकारकले विचौलियको संरक्षण र प्रतिपक्षी दलहरूसँग प्रतिशोधन साँध्नेबाहेक केही गर्न नसकेको आरोप लगाएका हुन्।
प्रतिनिधि सभाको शुक्रवारको बैठकमा बोल्दै उनले यस्तो आरोप लगाएका हुन्। धितोपत्र बोर्ड, बीमा प्राधिकरणजस्ता नियामक निकायमा भएका नियुक्ति र स्वार्थ समूहले आफ्नो प्रतिनिधिलाई राष्ट्र बैंकको गभर्नरमा नियुक्त गर्न गरिरहेको चलखेल दिनको घाम जत्तिकै छर्लङ्ग भएको उनको भनाइ छ।
उनले सरकारले विचौलियको हितमा काम गरिरहेको छ भन्दा आफूहरूलाई सरकारबाट हट्दाको छटपटी भनियो भन्दै आक्रोश व्यक्त गरे। उनले प्रतिपक्षीले मात्र नभई आम नेपाली नागरिकले समेत वर्तमान सरकार दलाल, विचौलिया र स्वार्थ समूहको सरकार भनिरहेको उल्लेख गरे।
सरकार गठनको १० महिनासम्म समेत प्रधानमन्त्री र मन्त्रीहरूको सम्पति सार्वजनिक नगरिएको भन्दै किन गाह्रो भएको हो सरका ? भन्दै प्रश्न गरे।