काठमाडौं :
यहीँ चैत २२ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘वसन्त’को बुकिङ खुलेको छ। यो फिल्मलाई मल्टिप्लेक्सहरुले उत्साहजनक शोज दिएका छन्। क्यूएफएक्सले उपत्यकाका हलमा ३१ शोज दिएको छ बीग मुभिजले यो फिल्मलाई ५ शोज दिएको छ। बीग मुभिजको ठूलो हलमा दिनैभरी यो फिल्मलाई उच्च शोज दिने अनुमान गरिएको छ।
यता चाबहिलको एफक्यूबले ५ शोज, वान सिनेमाज् नयाँ बानेश्वर र कालिमाटीको हलले पनि ५–५ शोज वसन्तलाई उपलब्ध गराएको छ। गायकबाट नायक हुँदै निर्देशक बनेका प्रकाश सपुत निर्देशित तथा अभिनित यो फिल्मका गीत र ट्रेलरले दर्शकमाझ राम्रो प्रतिक्रिया पाएको थियो। अब फिल्मले पनि राम्रै व्यापार गर्नेमा निर्माण पक्षको दाबी छ। फिल्ममा प्रकाश सपुत,स्वस्तिमा खड्का लगायतका कलाकारहरुले अभिनय गरेका छन्।