सुचना, समाचार र मनोरन्जन

प्रकाशको ‘वसन्त’मा सरप्राइजः राजेश,केकी,नाजिर,प्रियंकादेखि दिलिपसम्म

काठमाडौं :

गायक तथा नायक प्रकाश सपुतका अधिकांश म्युजिक भिडियोहरु कलात्मक छन्। डेब्यु फिल्म ‘परदेशी २’ र ‘पुर्णबहादुरको साराङ्गी’बाट फिल्मको समेत अनुभव बटुलेका प्रकाशले निर्देशकिय जादु समेत छर्न सफल भएका छन्। गत चैत २२ गते शुक्रबार प्रदर्शनमा आएको फिल्म ‘वसन्त’मा उनले निर्देशकिय पक्ष बलियो देखिन्छ। उनले आफ्नो निर्देशकिय फिल्म ‘वसन्त’मा राजेश हमालदेखि नाजिर हुसेनसम्मलाई अटाएका छन्।

हमालसहित अभिनेताहरू दिलीप रायमाझी, निश्चल बस्नेत, नाजिर हुसेन,अभिनेत्रीहरू करिश्मा मानन्धर,केकी अधिकारी,प्रियंका कार्की, सुरक्षा पन्तलाई समेत दर्शकले पर्दामा देख्न सकिन्छ। यो फिल्म हेर्न पुगेका दर्शकहरूलाई प्रकाशले ठुलो कलाकारहरु देखेर सरप्राइज दिएका छन्।
यतिमात्र होइन। दर्शकले लोकदोहोरीकी अहिलेकी चर्चित गायिका शान्तिश्री परियार, मोडल अञ्जली अधिकारीलाई पनि दर्शकले फिल्मको पर्दामा हेर्न सकिन्छ। ‘वसन्त’मा यति धेरै चर्चित कलाकारहरूको अभिनय रहे पनि निर्देशक तथा अभिनेता प्रकाश सपूतले यसबारे प्रदर्शनअघि कुनै पनि जानकारी दिएका थिएनन्।

फिल्म ‘वसन्त’मा प्रकाशसहित स्वस्तिमा खड्का, खड्गबहादुर पुन (खबपु), प्रभातपाल ठकुरी, श्री शिभांसी, उर्मिला लाम्गादे, अनुप बराल, प्रकाश घिमिरेलगायत कलाकारको अभिनय छ। मोहन विश्वकर्मा र बिन्दु बोहोरा निर्माता तथा कार्यकारी निर्मातामा वीरेन्द्रनारायण श्रेष्ठ, अनुरोध भट्टराई र नाना थकाली छन्।

Leave A Reply

Your email address will not be published.