सुचना, समाचार र मनोरन्जन

‘पोखरा घर’ सञ्चालनको अन्तिम तयारीमा, शुभ वास्तु पूजा सम्पन्न

पोखरा,

पोखरा महानगरपालिकाद्वारा पृथ्वीचोकमा निर्माण गरिएको अत्याधुनिक ‘पोखरा घर’ को आज शुभ वास्तु पूजा (घर पैचो) सम्पन्न भएको छ। पोखराको मौलिक पहिचान, कला, संस्कृति, साहित्य र पर्यटनलाई एउटै थलोबाट प्रवर्द्धन गर्ने उद्देश्यले निर्माण गरिएको यो बहुउद्देश्यीय संरचना अब सञ्चालनको अन्तिम चरणमा पुगेको छ।

‘पोखरा घर’ भित्र पोखरा सूचना केन्द्र, पोखरा प्रज्ञा प्रतिष्ठान, सार्वजनिक पुस्तकालय, आर्ट ग्यालरी, घण्टाघर, सार्वजनिक शौचालय तथा स्नानगृह लगायतका सेवा तथा सुविधाहरू सञ्चालन गरिनेछन्। महानगरपालिकाका अनुसार केही दिनभित्रै भवन पूर्ण रूपमा सञ्चालनमा आउनेछ।

Chaka Panja

यस परियोजनाले पर्यटक तथा स्थानीय नागरिकलाई सहज सेवा प्रदान गर्नुका साथै पोखराको कला, साहित्य, संस्कृति र पर्यटन प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

Leave A Reply

Your email address will not be published.