सुचना, समाचार र मनोरन्जन

फिल्म ‘बेहुली फ्रम मेघौली’बाट निकै चुनौती

काठमाडौं :

अभिनेत्री स्वस्तिमा खड्कालाई फिल्म ‘बेहुली फ्रम मेघौली’बाट निकै चुनौती थपिएको छ। एक दर्जन फिल्ममा अभिनेत्रीका रुपमा आफुलाई उभ्याएकी उनले यो फिल्मबाट निर्माताका रुपमा आएकी छन्। त्यस कारण पनि यो फिल्म उनका लागि चल्नु निकै जरुरी छ। सफल अभिनेत्रीको दर्जामा राखेकी खड्काले आफुलाई निर्मातामा पनि नम्बर वान राख्नुपर्ने ठुलो चुनौती थपिएको हो।

उनले हालै मिडियासँगको कुराकानीमा अघिल्ला फिल्मबाट सिक्न पाएको भन्दै आफ्नो प्रशंसा गरेकी थिइन्। उनले भनेकी छन्,‘मैले ११ वटा फिल्ममा काम गर्दा, धेरै कुरा सिक्न पाएँ। एउटा कलाकारको रुपमा मात्र नभएर एउटा मानवको रुपमा पनि आफूलाई अझै अव्वल बनाउनुपर्छ भन्ने मलाई लाग्छ।’

आफ्नो फिल्मको ट्रेलर तथा गीत रिलिज कार्यक्रममा आफुले लगानी गरेको भए पनि दुःखको अनुभव गर्न नपाएको उनको भनाई थियो।

‘सुटिङको समयमा त मैले त्यस्तो च्यालेन्जहरु फेस गर्न परेन । तर, अहिले पोष्टमा काम भइरहँदा भने दौडधूप बढिरहेको छ,’उनले छेवैमा रहेका अभिनेता तथा निर्माता निश्चलतर्फ हेर्दे भनिन्,‘ मलाई अहिले यो भनेपछि यो हुनुपर्छ भन्ने लाग्छ। अरु बेलामा तयार भएर आयो, मिडियासँग कुरा गर्यो भन्ने हुन्थ्यो। तर, अहिले भने यो किन भएको छैन, त्यो किन भएको छैन भन्ने लाग्दो रहेछ ।’

यहि असोजको १७ गतेबाट प्रदर्शनमा आउन लागेको यो फिल्मका लागि निश्चल र स्वस्तिमाको दौडधुप खुवै बढेको देखिन्छ। फिल्मका गीत र ट्रेलरले दर्शको साथ पाएपनि प्रदर्शनका समयमा के होला भन्ने उनीहरुको बुझाई छ।

Leave A Reply

Your email address will not be published.