सुचना, समाचार र मनोरन्जन
Sarangi

‘बेहुली फ्रम मेघौली’ को ‘बिहे गर्ने कि नगर्ने ?’मा नाचे अधिकांश अविवाहित कलाकार

काठमाडौं :

निश्चल बस्नेतका अधिकांश फिल्ममा केहि न केहि नयाँ प्रयोग भएका हुन्छन्। दश वर्ष अघि ‘लुट’फिल्म निर्माण गरेर फरक शैलीको स्वाद चखाएका निर्देशक निश्चलको यही दशैंमा आउन लागेको फिल्म ‘बेहुली फ्रम मेघौली’प्रचारप्रसार फरक बनाएका छन्। अभिनेत्री स्वस्तिमा खड्का निर्माता रहेको यो फिल्मको प्रचारशैलीलाई फरक बनाउन ¥याप गीतलाई रिलिज गरिएको छ।

फिल्मको थिमअनुसार तयार पारिएको ‘बिहे गर्ने कि नगर्ने ?’ बोलको गीत शुक्रबार रिलिज गरिएको हो। गीतमा कुशल पोखरेलको गायन प्रस्तुति रहेको छ भने शब्द रचना उनैको छ। रोहित शाक्यको संगीत उत्पादनमा निर्माण भएको गीतको प्रचारशैली गीतमा उमेर पुगेका युवा–युवतीलाई परिवार र समाजबाट कसरी विवाहको दबाब दिइन्छ भन्ने कुरालाई बोलेको छ ।

यो गीतको भिडियोमा अभिनेत्री स्वस्तिमा खड्का र अभिनेता निश्चल बस्नेतसहित दीपाश्री निरौला, प्रदीप खड्का, बेनिशा हमाल, साम्राज्ञी राज्यलक्ष्मी शाह, धीरज मगर, नाजीर हुसेन, शिल्पा मास्केलाई अभिनय गराइएको छ।

आगामी असोज १७ गते अर्थात् घटस्थापनामा प्रदर्शन गरिने भएिको यो फिल्ममा साजन काफ्ले र आकाश बरालले संयुक्तरुपमा निर्देशन गरेका छन्। फिल्ममा स्वस्तिमा र निश्चलसँगै विजय बराल, बसुन्धरा भुसाल, टीका पहारी, लोकेन्द्र लेखक, सिरु विष्ट, अमीर गौतम, लुनिभा तुलाधर आदिको पनि अभिनय छ ।

यहि फिल्मबाट अभिनेत्री स्वस्तिमा खड्का निर्माताका रुपमा हात हालेकी छन्। स्वस्तिमा र निश्चल बस्नेतको निर्माण रहेको फिल्मको कार्यकारी निर्मातामा शंकर पाण्डे र फिरोज खड्का छन् । नरेन्द्र मैनालीको छायांकन, प्रदीप लामा र केवीका खत्रीको कोरियोग्राफी तथा जयन जे वाइवा र कुशल पोखरेलको संगीत सुन्न सकिन्छ।

Leave A Reply

Your email address will not be published.