सुचना, समाचार र मनोरन्जन

डब्बु, जुगल, बेनिषा र सरिताको दर्शकमाझ आयो ‘लहर झैँ’

काठमाडौँ : गीतकार डब्बु क्षत्रीको रचनामा नयाँ गीत ‘लहर झैंं….’ दर्शकमाझ आएको छ । यस पटक बडा दसैँको अवसर पारेर हालै यो गीतको भिडियोलाई सार्वजनिक गरिएको हो।

यो गीतलाई गायिका बेनिषा पौडेलले गाएकी छन् । पप शैलीको यो गीतमा जुगल डंगोलको संगीत रहेको छ। गीतमा संगीत संयोजन पनि जुगलले नै गरेका हुन् । यो गीतको भिडियोलाई ‘एसबी क्रिसेसन नेपाल युट्युव च्यानल’बाट रिलिज गरिएको छ। भिडियो निर्देशन पनि गीतकार डब्बु क्षत्रीले गरेका हुन् भने भिडियोको निर्मातामा विलक्षण क्रियसन रहेको छ।

Chaka Panja

गीतमा एउटा युवतीको उत्साह, ती युवतीको स्वतन्त्रता र चरी झैँ उडन चाहने उनका चाहनाहरुलाई प्रस्तुत गरिएको छ । गीतको भिडियोका सम्पूर्ण दृष्य मलेशियामा छायांकन गरिएको हो । गीतको भिडियोमा मोडल एवम् गायिका सरिता भारतीले अभिनय गरेकी छिन् । एक युवतीको चाहनामा गीत केन्द्रित भएकाले भिडियोमा पनि सरिताको एकल अभिनय प्रस्तुत गरिएको हो।

मलेशियाको समुन्द्र किनार देखि विभिन्न रमणीय स्थलमा यो भिडियोलाई यात्रा शैलीमा छायांकन गरिएका यसका छायांकन एवम् फोटो पत्रकार बद्री थापाले बताए । गीतको सम्पादन तथा रंग संयोजन बीरेन्द्र भाट ‘बिपिन’ले गरेका हुन्।  गीतकार डब्बु क्षत्रीका अनुसार ‘लहर झैँ सागरमा नाच्न मन लाग्यो,हाँस्दै खेल्दै रमाउँदै बाँच्न मन लाग्यो….’ बोलको यो गीतले एक किशोरीको स्वतन्त्रतालाई प्रस्तु्त गरेको छ । युवतीहरुले स्वतन्त्र रुपमा सपना देख्नु पर्छ र त्यो सपनालाई पुरा पनि गर्नु पर्छ भन्ने उदेश्यले यो गीत बनाईएको हो ।

Leave A Reply

Your email address will not be published.