सुचना, समाचार र मनोरन्जन

अमेरिकाले भेनेजुएलाका उपराष्ट्रपतिलाई बनायो अन्तरिम राष्ट्रपति

अमेरिकाले भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरोलाई नियन्त्रणमा लिएर त्यहाँका उपराष्ट्रपति डेल्सी रोड्रिगेजलाई अन्तरिम राष्ट्रपति बनाएको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार भेनेजुएलाको सर्वोच्च अदालतले पनि डेल्सीलाई पदभार ग्रहण गर्न आदेश दिएको छ । मदुरो र प्रथम महिला सिलिया फ्लोरेसलाई मध्यराति अमेरिकाको न्युर्योक पुर्‍याइएको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ‘सुरक्षित, उचित र न्यायोचित सत्ता हस्तान्तरण नहुँदासम्म’ भेनेजुएलाको शासन सत्ता अमेरिकाले नै चलाउने बताएका छन । योसँगै अब अन्तरिम राष्ट्रपतिका रूपमा फ्लोरेसले काम गर्नेछन।

यसैबीच संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले भेनेजुएलामाथि भएको अमेरिकी सैन्य कारबाहीबाट आफू अत्यन्तै चिन्तित भएको उल्लेख गरेको उनका एक जना प्रवक्ताले बताएका छन् । भेनेजुएलाको यो परिस्थितिमा मात्रै पनि अहिलेका घटनाक्रमले खतरनाक नजिर स्थापित गरेका उहाँका प्रवक्ताले निकालेको विज्ञप्तिमा भनिएको छ ।

महासचिव गुटेरेसले अन्नर्राष्ट्रिय कानून र राष्ट्रसङ्घको विधानको सबैले पूर्ण सम्मान गर्नुपर्नेमा निरन्तर जोड दिएका छन । चीन र रुसको समर्थनमा कोलम्बियाले सुरक्षा परिषद्को आपत्कालीन बैठक समेत आह्वान गरेको छ ।

Leave A Reply

Your email address will not be published.