पोखरा/
भृकुटी बचत तथा ऋण सहकारी संस्थाको १७ औं साधारणसभा सम्पन्न भएको छ । कार्यक्रमको प्रमुख गर्दै साबित्रा सापकोटाले सहकारीले सहकारीले स्थानीयलाई आर्थिक अनुशासनको मार्गदर्शन गर्नुपर्नेमा जोड दिनुभयो ।
सभाले जयाराम अधिकारीको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति समेत गठन गरेको छ । संस्थाको उपाध्यक्षमा भिमलाल श्रेष्ठ,कोषाध्यक्ष सुरेन्द्र प्रसाद श्रेष्ठ, सचिव जीवन गोर्खाली, सह-कोषाध्यक्षमा बद्री प्रसाद श्रेष्ठ चयन हुनुभएको छ । त्यस्तै सदस्यहरूमा गंगा गिरि, हेमराज बराल, मीन बहादुर बस्नेत, सीता देबि वाग्ले रहनुभएको छ ।
संस्थाको लेखासुपरिवेक्षणमा रेशम बाबू श्रेष्ठ, राम प्रसाद मुल्मी र कुल प्रसाद लामिछाने रहनुभएको छ । नवनिर्वाचित अध्यक्ष जयराम अधिकारी लगायत सम्पुर्ण कार्यसमितिले सहकारीलाई सफल र सबल बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।