सुचना, समाचार र मनोरन्जन

दयाहाङको सिन खिचेपछि सकियो हलिउड फिल्म ‘द वल्र्ड ह्यपियस्ट म्यान’

काठमाडौं :

हलिउड फिल्म ‘भूठान(द वल्र्ड ह्यापियस्ट म्यान)’को छायाङ्कन पुरा भएको छ । ‘बुलबुल’ फेम्ड निर्देशक विनोद पौडेलद्वारा निर्देशित पहिलो हलिउड फिल्मको छायांकन सकिएको हो।

निर्माण टिमका अनुसार फिल्मको कथावस्तु भुटानदेखि भारत,नेपाल हुँदै अहिले अमेरिकामा बसोवास गरिरहेका भुटानीहरूको देशप्रेम र उनीहरुको जीवन यात्राको कथामा आधारित रहेको छ। अंग्रेजीमा ‘वल्डस् ह्याप्पिस्ट म्यान’ भनिएको फिल्ममा नेपाली कलाकारहरुले समेत अभिनय गरेका छन्।

Protin

जसमा हरिवंश आचार्य, दयाहाङ राई, पुजा चन्द लामा, रिचा घिमिरे, भुवन प्याकुरेल, अदिति प्याकुरेल, कौशिला खनाल कर्माचार्य रहेका छन्। यस फिल्ममा भारतबाट अनुराधा मजुमदार तथा अमेरिकाबाट हलिउडका विश्वविख्यात अभिनेता बू्रश डनलगायतका कलाकारको अभिनय रहेको छ।

निर्देशक पौडेलका अनुसार पाँच वर्षदेखिको निरन्तर प्रयासपछि हलिउडकै अन्तर्राष्ट्रिय मान्यता र मापदण्डमा रहेर फिल्म बनाइएको हो । फिल्ममा ‘साँघुरो’ फेम्ड निर्देशक जोयश पाण्डे र रंगकर्मी तथा निर्देशक विमल सुवेदीको पनि अभिनय गरेका छन् ।म्याड मंकी फिल्मस्ले निर्माण गरेको फिल्ममा हलिउडकै भ्याकेन्ट लाइट, एभरेष्ट इन्टरटेनमेन्ट, ठकुराठी ब्रोस र नेपालबाट अवेकन प्रोडक्सनले सहकार्य गरेका छन् ।

कौशिला खनाल कर्माचार्य,एलएन अधिकारी, अपार श्रेष्ठ, रमेश भट्ट यसका कार्यकारी निर्माता रहेको फिल्ममा राजेन्द्र ठकुराठी, अभिताव जोशी र अविरल थापाको समेत लगानी रहेका छन् । निर्माण पक्षका अनुसार यो फिल्म सन् २०२४ को अन्त्यसम्म दर्शकमाझ आउने छ।

Leave A Reply

Your email address will not be published.