सुचना, समाचार र मनोरन्जन

हरिवंश आचार्यको ‘भूठान’ले ‘ल्यायो कागजको खोस्टो’

काठमाडौं :

हरिवंश आचार्यको फिल्म ‘भूठान’मा समावेश गीत ‘कागजको खोस्टो’रिलिज गरेको छ। शुक्रबार निर्माण टिमले फिल्मको गीतलाई रिलिज गरेको हो।

फिल्मको यो गीतमा पुष्पन प्रधानको स्वर, नवराज पराजलीको शव्द र वाचन साथै रिदम कँडेलको संगीत संयोजन, सुनिल शिवभक्तिको सम्पादन रहेको छ। यस गीतले घर फर्कन नपाएको परदेशीको व्यथा बोलेको छ। गीत नवराज पराजुलीको युट्युब च्यानलबाट प्रसारण गरिएको छ।

यसअघि फिल्मको टिजरले चलचित्रवृतमा हलचल पैदा गरिसकेको छ भने यस गीतले आमदर्शक र श्रोताको पनि मनमा हलचल पैदा गर्ने देखिन्छ। परदेशिएर वा घर देखि टाढा भएकाहरुलाई घरको यादमा चुर्लुम्म डुबाई एकफेर भएपनि आफनो गाउँ ठाउँ पुगिहालौं पार्ने खालको देखिन्छ।गीतमा घर बाहिर रहेको पात्रले आफू घर नफर्कि मर्न पनि नमिल्ने र कालले समेत ताकेता गर्न नमिल्ने भावको मार्मिक शब्द छन्।
गीतमा हरिवंश आचार्यको जीवन्त अभिनय देखिएको छ भने सुसन प्रजापतिको अदभूत छायाँकन कला देखिन्छ। अंग्रेजीमा ‘द वल्र्डस् ह्याप्पिएस्ट म्यान’ नाम रहेको यो फिल्मको मुख्य भूमिकामा हरिवंश आचार्य साथै दयाहाङ राई, अनुराधा मजुमदार, पूजा चन्द –लामा , रिचा घिमिरे, जोएस पाण्डे,अदिति प्याकुरेल, टम क्रेन,विमल सुवेदी साथै हलिउडका विश्वविख्यात अभिनेता बु्रस डर्नले पनि विशेष भूमिकामा अभिनय गरेकाछन्।

Pach Pandav

हलिउडको साग अफट्रा अन्तर्गत रहेर बनेको यो पहिलो नेपाली फिल्म हो जसमा हलिउडका केही प्राविधिकहरुले पनि काम गरेका छन्।भुटानदेखि भारत,नेपालहुँदै अहिले अमेरिकामा बसोवास गरिरहेका भुटानीहरुको देशप्रेम र आफ्नो थातथलो छोड्न पर्दा घर हराएको कथा यसफिल्ममा द वल्र्डस् ह्याप्पिएस्ट म्यान ले प्रस्तुत गरेको छ।

फिल्म ‘बुलबुल’ बाट नाम कमाएका विनोद पौडेलको निर्देशन रहेको भूठानका निर्मातामा अविरल थापा,सुशांक मैनाली,राजेन्द्र ठकुराठी , अमिताभ जोशी र किर्तना बाँस्कोटा छन् भने कार्यकारी निर्मातामा विकाश भिटो अधिकारी,कौशिला खनाल,रमेश भट्ट,अपार श्रेष्ठ छन् । सुसन प्रजापतिको छायांकन,अन्जय खड्काको सम्पादन,डिकेश खडगी शाहीको ध्वनी,समवरण केमको संगीत, सुर्य शाहीको कास्टीङ्ग, उज्जवल श्रेष्ठको पव्लिसिटि डिजाइन, विमल सुवेदीको प्रोडक्सन डिजाइन, वलिउडका प्रख्यात कला निर्देशक अन्जन गजुरेलको कला निर्देशन रहेको छ ।

यस चलचित्रलाई ठकुराठी ब्रोज,भ्याकेन्ट लाईट, एभरेष्ट ईन्टरटेनमेन्ट,अमेरिकाको सहकार्यमा नेपालको अवेकन प्रोडक्सन् र अमेरिकाको म्याड मंकी फिल्मस्ले निर्माण गरेको हो। चलचित्र वैशाख १२ ,२०८२ मा प्रदर्शनमा आउनेछ ।

Leave A Reply

Your email address will not be published.