सुचना, समाचार र मनोरन्जन

बोर्ड अध्यक्ष भन्छन्,‘ चलचित्र क्षेत्रको लागि बाहेक अरू सोच्ने फुर्सद छैन’

काठमाडौं :

चलचित्र विकास बोर्डको अध्यक्ष बनेका भुवन केसीले केहि काम नगरेको आरोप लाग्दै आएको छ। उनी बोर्डको अध्यक्ष भएको दुई वर्ष हुनै लाग्दा उनीमाथि आरोप नै आरोपको खात छ। तर, उनी आफु काम गरिरहेको भन्दै आलोचना सहदै आएका छन्।

Chaka Panja

उनले बिहिबार आफु चलचित्र क्षेत्रमा दिनरात नभनी काम गरिरहेको उल्लेख गरेका छन्। अध्यक्ष केसीले आफुलाई चलचित्र क्षेत्र बाहेक अन्य तिर सोच्ने फुर्सन नभएको समेत बताएका छन् ।

‘चलचित्रक्षेत्रको लागि दिनरात समर्पित छु । चालू आ.व. को अन्तिम त्रैमासिकमा छु,’उनी लेख्छन्,‘आफ्नो लक्ष्य र उद्देश्यमा अहोरात्र खटिरहेको छु । चलचित्र क्षेत्रको लागि बाहेक अरू सोच्ने फुर्सद छैन यस क्षेत्रको लागि केही गर्नुछ । अहिले लाई यति नै बांकी सही समयमा आफ्ना भनाईहरू राख्ने नै छु ।’

Leave A Reply

Your email address will not be published.