सुचना, समाचार र मनोरन्जन

प्राविधिक समस्याका कारण बिजुली गएको कार्यकारी निर्देशक शाक्यको स्पष्टोक्ति

काठमाडौँ,

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले नेतृत्व फेरिएकै कारण बिजुली आपूर्तिमा समस्या नआएको दाबी गरेका छन ।

काठमाण्डौसहित देशका विभिन्न ठाउँमा हिजो बेलुका झ्याप्प–झ्याप्प बिजुली गएपछि आलोचना भइरहेको सन्दर्भमा प्राधिकरणले आज पत्रकार सम्मेलन गरेर यसबारेमा जानकारी गराएको हो ।

पत्रकार सम्मेलनमा कार्यकारी निर्देशक शाक्यले अहिलेको मौसमका कारण समस्या आएको दाबी गरेका छन । विगतका वर्षहरूमा पनि चैतदेखि जेठसम्म यस्तो समस्या आउने गरेको उनको भनाइ छ ।

हावाहुरीले बिजुली नियमित आपूर्तिमा समस्या आएको र समस्याको समाधान गर्दै आएको कार्यकारी निर्देशक शाक्यले बताए । बत्ती जानुमा अहिले अरू केही कारण नभएको उनको दाबी छ । प्राविधिक समस्याले बिजुली आपूर्तिमा गडबडी हुँदा लोडशेडिङ नै भयो भनेर हल्ला नफैलाउन उनको आग्रह छ ।

Leave A Reply

Your email address will not be published.