Trending
- जनप्रिय बहुमुखी क्याम्पसको क्याम्पस प्रमुखमा कृष्णबाबु बराल
- विनय लश्करी आफ्नो टोलीसहित विशेष सांगीतिक प्रस्तुतिका लागि काठमाडौँमा
- भदौ १९ मा आउने ककाकिकी’को शीर्ष गीत सार्वजनिक, अर्जुन र मेलिनाको स्वरमा रमाइलो माहोल
- ‘डियर काव्या’को औपचारिक घोषणा, उपासना र बिक्की समशेरको जोडी देखिँदै
- अभिनेता मदनकृष्ण श्रेष्ठको आतिथ्यतामा ‘जुनी’को टिजर रिलिज गर्दै गरियो कलाकारलाई सम्मानित
- रे अफ आर्ट्सको नयाँ फिल्म ‘हाम्रो सानो घर’, सुमन गजमेरको निर्देशनमा डेब्यु
- पर्यटन प्रवर्द्धनमा टेवा पुर्याएको भन्दै चलचित्र ‘तिरिमिरी झ्याइँ’ युनिटलाई रामधुनी नगरपालिकाको सम्मान
- अटिजम भएकी दिदी र भाइको कारुणिक कथामा ‘पार्वती’को ट्रेलरमा,नीता र अशोकको अभिनय रुवायो
- ‘नेपाल ब्युटी, मेकअप एन्ड कस्मेटिक अवार्ड – २०२६’ को मनोनयन सार्वजनिक
- ‘पेन्सन पट्टा’ सम्बन्ध, भावना र मनोविज्ञानको प्रतिनिधि कथा : दयाहाङ
- पोखरामा भदौ २० गते ‘ओशो मेगा क्याम्प’ आयोजना हुँदै
पैँतीस उद्योगको २३ करोड ८७ लाख बक्यौता विद्युत महसुल असुल
काठमाडौँ,
लोडसेडिङको समयमा ‘डेडिकेटेड’ तथा ‘ट्रङ्क लाइन’ संरचनाबाट विद्युत् उपभोग गरेका २५ नयाँ उद्योगले प्रिमियम महसुल बक्यौताको पहिलो किस्ता तिरेका छन् ।
यसअघि बक्यौता तिर्न सुरु गरी त्यसलाई निरन्तरता नदिएका १० उद्योगले किस्ताबन्दीलाई निरन्तरता दिएका हुन् । यसरी, नेपाल विद्युत् प्राधिकरणले ३५ उद्योगबाट २३ करोड ८७ लाख ७२ हजार रुपैयाँ बक्यौता महसुल असूल गरेको ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङको सचिवालयले जनाएको छ ।
३५ उद्योगको कुल बक्यौता पाँच अर्ब ९४ करोड ५६ लाख रुपैयाँ थियो । अब पाँच अर्ब ७० करोड ६८ लाख रुपैयाँ बक्यौता असुल गर्न बाँकी छ । यो बक्यौता २०७२ माघदेखि २०७५ वैशाखसम्म डेडिकेटेड तथा ट्रङ्क लाइनबाट विद्युत् उपभोग गरेबापतको प्रिमियम महसुल बक्यौता भएको सचिवालयले जनाएको छ ।
भौतिक पूर्वाधार तथा यातायात र शहरी विकासमन्त्रीसमेत रहनुभएका ऊर्जामन्त्री घिसिङले राज्यप्रतिको दायित्व सम्झिएर उद्योगीबाट बक्यौता रकम तिर्न थालेकोमा धन्यवाद दिएका छन । उनले भने, “उद्योगलाई विद्युत् नियमन आयोग, अदालतलगायतका निकायमा जाने बाटो खुल्लै छ, किस्ताबन्दी तिर्न थालेपछि त्यसलाई पालना गर्नुहुन्छ भन्नेमा हामी विश्वस्त छौँ।”
प्राधिकरणले बक्यौता रकम तिर्न २१ दिनको समय दिएर असोजमा सार्वजनिक सूचना जारी गरेको थियो । त्यस अवधिमा पनि बक्यौता तिर्न नआएपछि ४ र ७ कात्तिक गरी दुई चरणमा लाइन काटिएको थियो ।