
Trending
- जनप्रिय बहुमुखी क्याम्पसको क्याम्पस प्रमुखमा कृष्णबाबु बराल
- पोखरा जेसीजको उपाध्यक्षमा सुमन पहारीको उम्मेदवारी
- दीपकको चिरञ्जीवी भवः’बाट ‘जाले रुमाल’सार्वजनिक,गीतले गर्यो प्रेमको बखान
- हरिवंशदेखि आर्यनसम्मको अभिनय रहेको ‘पाँच पाण्डव’ भोलिदेखि प्रदर्शनमा
- एक खर्ब डलरको अर्थतन्त्र बनाउन निजी लगानी आवश्यक : वाग्ले
- Nawa Niwas: A New Way to Find a Home
- पोखरामा बीएआईसी र आर्कफक्सका नयाँ सोरुम सञ्चालनमा
- अन्तर्राष्ट्रिय फुटबलबाट क्रिस्टियानो रोनाल्डोको सन्यास घोषणा
- नेपाल पूर्वाधार सम्मेलन मंसिर २३ र २४ गते काठमाडौंमा हुने
- सेनासहित तिनै सुरक्षा निकायका प्रमुखसँग प्रधानमन्त्री बालेनले लिए ब्रिफिङ
- भोटेकोशी बाढीपीडितले विद्युत् महसुल र जरिवाना तिर्नु नपर्ने
ग्राहकलाई दिगो र भरपर्दो विद्युत् आपूर्ति चुनौतीपूर्ण देखिएको छः मन्त्री श्रेष्ठ
काठमाडौँ,
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले देशमा उत्पादित विद्युत् खेर जाने अवस्था अन्त्य गर्न माग र आपूर्तिबीच सन्तुलन कायम गरी प्रसारण सञ्जाल अघि बढाइने बताउनुभएको छ।
मन्त्री श्रेष्ठले नेपाल विद्युत् प्राधिकरणको ४१औँ वार्षिकोत्सवका अवसरमा उहाँले विद्युत् खेर जाने अवस्था अन्त्य र आपूर्ति सन्तुलन कायम गर्न मन्त्रालयको स्पष्ट कार्ययोजना रहेको प्रष्ट पार्नुभयो।
“अतिरिक्त विद्युत्लाई तेस्रो बजारमा निर्यात गरी वैदेशिक व्यापार घाटा न्यूनीकरण गर्दै जाने मार्गमा अगाडि बढेका छौँ”, उहाँले भन्नुभयो, “हिजोका दिनमा विद्युत्को पहुँच विस्तार गर्नुपर्ने चुनौती थियो भने आज ग्राहकलाई दिगो र भरपर्दो विद्युत् आपूर्ति चुनौतीपूर्ण देखिएको छ ।”

अर्को वर्षपछि मन्त्रालयको प्राथमिकता वितरण प्रणालीको आधुनिकीकरणमा हुने बताउँदै मन्त्री श्रेष्ठले भन्नुभयो, “उपभोक्ताले विद्युत्् पाउने मात्र होइन, भरपर्दो, गुणस्तरीय र अविच्छिन्न विद्युत्् सेवा पाउने अवस्था सिर्जना गर्नुपर्छ भन्ने हाम्रो स्पष्ट धारणा छ ।”
उहाँले पुराना तथा जीर्ण संरचनाको प्रतिस्थापन, क्षमता अभिवृद्धि, स्मार्ट प्रणालीको प्रयोग, चुहावट नियन्त्रण, माग व्यवस्थापन र सेवा प्रवाहमा डिजिटल प्रविधिको विस्तार अब विकल्प नभइ आवश्यकता भएको बताउनुभयो ।
ऊर्जा क्षेत्रको बृहत्तर विकासका लागि सरकारको लगानी मात्र नभएर ठूला पूर्वाधार निर्माणका लागि उल्लेख्य पुँजी आवश्यक रहेको बताउँदै मन्त्री श्रेष्ठले निजी क्षेत्र, वित्तीय संस्था, विकास साझेदार र अन्तरराष्ट्रिय लगानीकर्ताको साझेदारीमा आयोजना अघि बढाइने जानकारी दिनुभयो ।
आर्थिक वर्षमा सरकारको ध्यान प्रसारण पूर्वाधारको विस्तार र सुधारमा केन्द्रित रहेको बताउँदै मन्त्री श्रेष्ठले उत्पादन बढ्दै जाँदा उच्च विद्युत्् भार बहन गर्ने प्रसारण प्रणाली कमजोर रह्यो भने उत्पादनको अर्थ नरहने पनि स्पष्ट पार्नुभयो ।