सुचना, समाचार र मनोरन्जन

फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’ फेम विजय बरालले थाले फिल्म‘लाज शरणम्’को सुटिङ

काठमाडौं :

फिल्म‘पूर्ण बहादुरको सारङ्गी’ फेम विजय बरालले दोस्रो फिल्ममा काम गरेका छन्। उनले फिल्म‘लाज शरणम्’को दोश्रो सुटिङ सेड्यूलको छायांकन सुरु गरेका छन्। मंगलबारबाट बरालले काठमाडौंको माइतीघरस्थित खाद्य गोदामबाट दोश्रो चरणको सुटिङ सुरु गरेका हुन्।

Pach Pandav

दसैंअघि डोल्पा सुटिङ सकेको फिल्मले काठमाडौं तालिका केहि दिन अगाडिबाट सुरु गरेको हो। हालसम्म फिल्मको ९५ प्रतिशत छायांकन सकिएको जानकारी निर्माणपक्षले दिएको छ। फिल्मको निर्माण टिमले छायांकनमा निस्कनु अगावै फागुन १४ गते महाशिवरात्रीलाई प्रदर्शन मिति घोषणा गरेको थियो। बिजयको यो ुपूर्ण बहादुर सारङ्गीुको रिलिज पश्चात प्रदर्शनमा आउने पहिलो सिनेमा हुनेछ ।

फिल्म मुकुन्द श्रेष्ठ, विजय बराल, प्रशान्त ताम्राकार, महेश त्रिपाठी, अर्पण थापा, रेणु योगी, माला लिम्बुसँगै सक्किगोनि टिमबाट अर्जुन घिमिरे (पाँडे), सागर लम्साल (बले), हरिष निरौला (कक्रोज), प्रियाना आचार्य (मुन्नी), बबिन राई (गल्फने बाजे), रामभजन कामत, कमलमणी नेपाल (खुपीका बाउ) लगायतका कलाकारको अभिनय रहनेछ। फिल्मलाई सुदीप बरालले छायांकन गरिरहेका छन्।

जेपिटी क्रियसनको ब्यानरमा निर्माण भएको फिल्ममा अधिकांश ‘सक्किगोनि’ टिमका कलाकार नै रहने छन्। फिल्ममा नवीन श्रेष्ठ निर्माता र राम नरेश शाह सह(निर्माताको रुपमा रहेका छन्।

Leave A Reply

Your email address will not be published.