सुचना, समाचार र मनोरन्जन

तक्मेको ‘लाउरे एण्ड दाउरे’मा विजय बराल अनुबन्ध,हिरोइनको खोजी

काठमाडौं :

फिल्म ’लाउरे एण्ड दाउरे’मा कलाकार विजय बराल अनुबन्धित भएका छन् । हास्यअभिनेता विल्सन विक्रम राईको डेव्यु निर्देशकियमा बन्न लागेको फिल्ममा बराल अनुबन्ध भएका हुन्। यस अघि फिल्मका लागि अभिनेता दयाहाङ राई र बुद्धि तामाङ अनुबन्ध भएका थिए।

निर्माता समेत रहेका विल्सनका अनुसार विजय यो फिल्ममा अहिलेसम्मकै फरक भुमिकामा देखिने छन् । उनी लाहुरेको भुमिका रहने वा दाउरेको भन्नेबारेमा भने खुलाउन चाहेनन्। तर, केहि दिन अघि विल्सनले लाहुरेको ड्रेस लगाएर अनुमान गर्न बाध्य पारेका थिए।

विजयको प्रवेशसँगै फिल्ममा कलाकारको लाइनअप पनि बलियो बन्दै गैरहेको छ । अब फिल्मका लागि अभिनेत्रीसँगै अन्य कलाकारको समयमा टुङगो लाग्न भने बाँकी छ।

विल्सनकै निर्माण कम्पनी तक्मे प्रोडक्सनले फिल्म बनाउन लागेको हो । कमेडी र लभस्टोरीको कथावस्तुमा निर्माण हुन लागेको फिल्मको लेखन विल्सन स्वयमले गर्नेछन् । यो उनको डेब्यु निर्देशकीय फिल्म हुनेछ । यसअघि केही प्रोजेक्ट बनाउन अन्य ब्यानरसँग सहकार्य गरेको तक्मे प्रोडक्सनले ‘लाहुरे एण्ड दाउरे’को निर्माण भने एक्लै गर्नेछ । फिल्मको निर्मातामा सरिना लामा छिन् । फिल्मको संगीत अनमोल गुरुङले गर्नेछन् ।

Leave A Reply

Your email address will not be published.