काठमाडौं :
अभिनेता विजय बरालको व्यस्तताको कुरै नगरौँ। उनलाई एकपछि अर्को फिल्म सुटमा जान नै धौँ धौँ छ। यो अवस्था सिर्जना गराएको हो। गत वर्ष रिलिजमा आएर ऐतिहासिक रेकर्ड राखेको फिल्म ‘पूर्ण बहादुरको सारंगी’ले । यो फिल्मपछि विजयलाई लिएर फिल्म बनाउनेको भिड नै लागेको छ भन्दा फरक पर्दैन। अझ भनौँ उनलाई भ्याइनभ्याइ छ।
दुईअघि ३५ दिन लगाएर फिल्म ‘जनै हराएको बाहुन’को छायांकन सके। यो फिल्मको छायांकन सके लगत्तै उनी पाँचथर फिल्म ‘जारी २’को छायांकनका लागि उडेका छन्। उनी यता एक महिना हाराहारी व्यस्त हुनेछन्। दयाहाङ राई र मिरुना मगरको मुख्य भुमिका रहेको यो फिल्ममा उनको पनि महत्वपुर्ण भुमिका रहने छ। यसपछि उनी फेरि कबड्डीको सिक्वेलमा हुने बुझिएको छ। जनाई हराएको बाहुनको छायांकनमा जानु अघि फिल्म ‘वरिष्ठ बलराम’को छायांकन सकेका थिए।
जनै हराएको बाहुनको पाटीमा भेटिएका विजयले आफ्नो व्यस्तता बढेको सुनाए। उक्त दिन उनले निरन्तर १०५ दिनसम्म काम गरेको बताए। उनले भने,‘बिहान ६ बजेबाट काम सुरु गर्नुपथ्र्यो । यसैले, राम्रोसँग सुत्न पनि पाइएको छैन। जारी २ को छायांकन सकिएपछि तत्काल अर्को प्रोजेक्टमा काम गर्दिनँ।’ अब उनको फिल्म रिलिजको पनि लगातार नै हुनेछ।