सुचना, समाचार र मनोरन्जन

लुम्बिनीमा बिजुली बस सञ्चालनमा आए

काठमाडौं/

लुम्बिनी विकास कोषलाई दातृ निकायले अनुदान सहयोगस्वरूप उपलब्ध गराएका विद्युतीय बस सञ्चालन हुन थालेको छ । यसअघि कानूनी समस्याका कारण सञ्चालन हुन नसकेका दुई वटा बस हिजोदेखि परीक्षणको रुपमा सञ्चालनमा ल्याइएको हो ।

एशियाली विकास बैंक (एडीबी) को अनुदान सहयोगमा बृहत्तर लुम्बिनी क्षेत्रमा आन्तरिक तथा बाह्य पर्यटकलाई सेवा दिने उद्देश्यले अनुदान सहयोगमा प्राप्त विद्युतीय गाडीमध्ये दुई वटा बस परीक्षणका लागि सञ्चालन शुरू गरिएको लुम्बिनी विकास कोषले जनाएको छ ।

Chaka Panja

एडीबीले अनुदान सहयोगमा दिएको पाँचवटा बस र १४ वटा विद्युतीय भ्यान संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले कोषलाई चार वर्षअघि हस्तान्तरण गरेको थियो ।

यसअघि पर्यटक सेवाका लागि हरियो नम्बरप्लेट बनाउने कानूनी प्रावधान रहेकामा मन्त्रालयले सेतो नम्बरप्लेटमा बस र भ्यान हस्तान्तरण गरेपछि सञ्चालनमा समस्या भएको थियो । दाताले दिएका गाडीलाई विकास कोषले परीक्षणका रूपमा दानपेटिका राखेर सञ्चालन गरिएको जनाएको छ ।

कोषका अनुसार बुटवलबाट भैरहवा विमानस्थल हुँदै बुद्धजन्मस्थल लुम्बिनीसम्म र बेलहियाबाट विमानस्थल हुँदै लुम्बिनीको रूटमा बस सञ्चालन हुनेछ । बस चढ्ने यात्रुले स्वेच्छिक रूपमा दानपेटिकामा रकम दिन सक्ने कोषले जनाएको छ ।

यसअघि कोषले वि.सं.२०७९ असोज १३ गतेदेखि कात्तिक १३ गतेसम्म ‘धम्म यात्रा’नाम दिएर बृहत्तर लुम्बिनी क्षेत्रमा निःशूल्क रूपमा यान्त्रिक परीक्षणका लागि विद्युतीय बस सञ्चालन गरेको थियो ।

Leave A Reply

Your email address will not be published.