Trending
- जनप्रिय बहुमुखी क्याम्पसको क्याम्पस प्रमुखमा कृष्णबाबु बराल
- एकै वर्ष २० सचिव बिदा हुँदै, सरकारको उच्च प्रशासनिक नेतृत्वमा ठूलो फेरबदलको तयारी
- ‘तीन तीघ्रे क्या बिग्रे’चलचित्रको औपचारिक घोषणा: पशुपति र परितोषिकाको मुख्य भुमिका
- ‘पेन्सन पट्टा’ को ‘जुनी जाला’ गीतमा दयाहाङ, बुद्धि र विल्सनको शीर्ष अभिनय
- मनसुनमा घुम्ने रहर
- दर्शकलाई रुवाउने गीत ल्यायो फिल्म ‘हली’को निर्माण टिमले
- चार करोड रुपैयाँको लागतमा ‘हजारौँमा एक’ निर्माण घोषणा, सुव्रत आचार्यले निर्देशन गर्ने
- इनर ह्वील क्लब अफ अन्नपूर्णको १७ औँ पदस्थापना सम्पन्न
- “पेन्सन पट्टा” को मौलिक गीत ‘जुनी जाला’ पोखरामा सार्वजनिक
- प्रधानमन्त्रीको चासोले सेयर बजारमा आशा जाग्यो, सुधारको परीक्षा अझै बाँकी
- नेप्से परिसूचक ७९ दशमलव ७४ अङ्कले बढ्यो
लुलाङमा केन्द्रीय प्रसारण लाइनको बिजुली
म्याग्दी,
धवलागिरि गाउँपालिका–२ लुलाङमा केन्द्रीय प्रसारण लाइनको बिजुली पुगेको छ । नेपाल विद्युत् प्राधिकरणले सञ्चालन गरेको ‘उज्यालो म्याग्दी’ कार्यक्रमअन्तर्गत सो गाउँपालिकाको केन्द्र मुना हुँदै लुलाङमा केन्द्रीय प्रसारण लाइनको बिजुली पुगेको हो ।
मुख्य शाखा लाइनको पोल गाड्ने, तार तान्ने र १०० केभिए क्षमताको ट्रान्सफर्मर जडान गरेर विद्युत् आपूर्ति गराइएको धवलागिरि–२ का वडाध्यक्ष अकप्रसाद कुमाईले जानकारी दिए । “परीक्षण सफल भएको छ, उपभोक्ताको घरघरमा वाइरिङ र मिटर बक्स जडान गरेर बिजुली बाल्ने काम भइरहेको छ,” उनले भने, “मिटरबक्स जडान भइसकेको नयाँ वनमा गत फागुनमा नेपाल टेलिकमले राखेको मोबाइलको बिटिएस टावर सञ्चालनमा आएको छ ।”
विद्युत् अभावमा मोबाइल टावर सञ्चालन हुन सकेको थिएन । लुलाङ, लमसुङ, खोरिया र मरेनी टोलमा केन्द्रीय लाइन पुगिसकेको छ । यहाँका बासिन्दाले हाल उज्यालोका लागि लघुजलविद्युत् परियोजना र सौर्य ऊर्जा प्रयोग गर्दै आएका थिए । दरखोला जलविद्युत् आयोजनामा पटक–पटक समस्या आउन थालेपछि लुलाङवासी समस्यामा परेका थिए ।
साबिक लुलाङ गाविसमा ३७० घरपरिवारको बसोबास छ । म्याग्दीका १४ स्थानका दुई हजार १८३ घरधुरीमा राष्ट्रिय प्रसारण लाइनको विद्युत् सुविधा विस्तारका लागि प्राधिकरणले आर्थिक वर्ष २०८०÷८१ देखि रु २२ करोड बजेटको योजना सञ्चालन गरेको छ ।
यस योजनामार्फत यसअघि मालिका गाउँपालिका–१ निस्कोट, २ रुम, ३ डाडागाउँ, पात्ले, वडा नं ४ ओखरबोटका ६००, धवलागिरिको मलम्पारका १५० र बुलका ४५ घरमा विद्युतीकरण भइसकेको छ ।
मालिका गाउँपालिकाको चिउरीबोट, महभिर र धवलागिरि गाउँपालिकाको मल्कवाङमा विद्युतीकरणको काम अन्तिम चरणमा पुगेको नेपाल विद्युत् प्राधिकरण बेनी वितरण केन्द्रका प्रमुख सत्यनारायण गामीले बताउनुभयो । यो ठेक्कामार्फत धवलागिरि–१ को गुर्जाबाहेकका बस्तीमा केन्द्रीय विद्युत् सुविधा पुुग्ने उनले बताए ।