सुचना, समाचार र मनोरन्जन

संविधान सभासदस्य विन्दादेवी राना आलेद्वारा लामगादी खानेपानी योजना उद्घाटन

पोखरा ।

संविधान सभासदस्य विन्दादेवी राना आलेले पोखरा ३३ भरतपोखरी लामगादी स्थित खानेपानी योजना उद्घाटन गरेकी छिन् । उक्त कार्यक्रममा बोल्दै आलेले लामगादी बासीहरूका लागि खानेपानी आयोजना महत्वपूर्ण साबित हुने बताइन् । पानीलाई बढीभन्दा बढी उपयोग गर्दै फलफूल तथा तरकारी उत्पादनमा समेत लाग्न स्थानीयलाई सहज हुने तर्क उनको छ । पानीको उपभोगले कृषिमा समेत रुपान्तरण आउने विश्वास उनले गरेकी छिन् । पानीको सहज व्यवस्थाले स्थानीय नागरिकको आयआर्जनमा समेत टेवा पुग्ने उनले उल्लेख गरिन् ।

पानीको दुरुपयोग नगरी आवश्यकताका आधारमा उपभोग गर्न नागरिकलाई उनको अनुरोध छ । खानेपानीको दिगो उपलब्धता तथा संरक्षणको लागि आफु सदैव नागरिकसँगै हुने प्रतिबद्धता उनको छ । कार्यक्रममा नेपाली काँग्रेसका क्षेत्रीय सभापति केशर प्रसाद निर्दोशी, प्रदेश प्रतिनिधि रामचन्द्र पौडेल, पोखरा ३३ का वडाध्यक्ष रामचन्द्र अधिकारी, जग्गादाता ईश्वरी पौडेल, प्रतिभा क्लवका अध्यक्ष सुनिल बास्ताकोटी,डेविजफल क्लवका अध्यक्ष विनम गुरूड,जागृती आमा समुहका अध्यक्ष कमला देवी आचार्य लगायतले बोलेका थिए । प्रेम बहादुर बानियाँको सभापतित्वमा भएको कार्यक्रमको स्वागत कृष्ण रानाभाटले गरेका थिए भने संचालन मोहन सिंह पुनले गरेका थिए ।

 

Leave A Reply

Your email address will not be published.