सुचना, समाचार र मनोरन्जन

बाबु–छोरीको भावनात्मक सम्बन्धको कथालाई पेश गर्ने ‘चित्रा’को टिजर सार्वजनिक

काठमाडौं :

फिल्म ‘चित्रा’को टिजर सार्वजनिक भएको छ। सोमबार काठमाडौंको विश्वज्योती हलमा आयोजित कार्यक्रमकाबीच १ मिनेट २४ सेकेण्डको टिजर रिलिज गरिएको हो। टिजरमा बाबु–छोरीको भावनात्मक सम्बन्धको कथालाई पेश गरेको बुझिन्छ।

फिल्मको टिजर कार्यक्रममा अर्पण थापा,मेनुका प्रधान,अन्जना बराइली लगायतको उपस्थिति थिएन। अन्जना बराइली भने एक फिल्ममा अनुबन्धका लागि उता पुगेको जानकारी दिइयो।

Chaka Panja

फिल्मको टिजरमा एक्सनलाई पनि प्राथमिकता दिइएको देख्न सकिन्छ। घनश्याम लामिछानेको निर्देशनमा बनेको फिल्ममा सन्तोष अधिकारी, मेनुका प्रधान, शुभेच्छा खड्का, प्रमोद अग्रहरी, अर्पण थापा, प्रकाश घिमिरे, अञ्जना बराइली, सिम्रन खड्का, आयुशी ढकाल, विनोद पौडेल लगायतको अभिनय रहेको छ।

आशिष थापा मगर निर्माता तथा सन्तोष अधिकारी कार्यकारी निर्मातामा रहेको फिल्ममा राजनराज सिवाकोटीको शब्द तथा संगीत समावेश गरिएको छ। फिल्मको कथा अजय अधिकारीको छ भने पटकथा मनिष गौतम लेखेका हुन्। सम्राट बस्नेत र टिमको द्वन्द्व निर्देशन, बनिष शाह र सन्देश शाहको सम्पादन, महेश पौडेलको छायांकन छ । यही पुष २७ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको फिल्मलाई केदार पराजुलीको कम्पनी श्रीकृष्ण फिल्मस्ले वितरण गर्दैछ।

Leave A Reply

Your email address will not be published.