काठमाडौं :
निर्माता विनोद पौडेलले फिल्म ‘अभिमन्यु : च्याप्टर १’लाई सानो सिनेमा नभन्न आग्रह गरिरहेका छन् । उनले फिल्म रिलिजपछि मात्रै सानो र ठूलो भन्न सकिने तर्क गरे।
यसको अर्थ जुन सिनेमाले धेरै कमाई गर्छ त्यो सिनेमा ठूलो, जुनले थोरै कमाउँछ त्यो सानो सिनेमा हो भन्ने उनको बुझाइ छ । कास्टिङ र कजेटले मात्रै सिनेमालाई ठूलो भन्न नसकिने उनको भनाई छ।
मिडियासँगको कुराकानीमा उनी भन्छन्,‘ठूलो बजेटको सिनेमालाई ठूलो भन्ने कि नभन्ने यो बहसको विषय होला।’
यो उनकै फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’ले पनि पुष्टि गरिसकेको छ । डेढ करोडमा बनेको फिल्मले नेपाली बक्सअफिसमा मात्रै ४६ करोड ८० लाख भन्दा धेरै कलेक्सन गरेको थियो। यसैका आधारमा उनले अब यो फिल्मलाई ठूलो भन्ने कि सानो सिनेमामा गन्ने भन्दै प्रश्न गरेका छन्।
जे होस् विनोदको निर्माण रहेको सिनेमा ‘पूर्ण बहादुरको सारङ्गी’ले नेपालमा अहिलेसम्मकै सिनेमाको रेकर्ड ब्रेक गरेर नयाँ रेकर्ड बनायो । अब उनको दोस्रो फिल्म ‘अभिमन्यु’ले कति कमाउँछ भन्ने धेरैको जिज्ञासा छ।
विनोद पौडेले आफ्नो फिल्मलाई ‘अन्डर डग’हरूको फिल्म भनेका छन्। त्यसैले आफ्नो फिल्मलाई सानो भनेर नहेप्न चेतावनी दिएका छन् । यो सिनेमा विभिन्न कारणले पटकपटक प्रदर्शन मिति स्थगीत हुँदै आएको थियो । यसले उनमा आफ्नो सिनेमालाई लिएर उच्च आत्मविश्वास देखिएकाले ‘अभिमन्यु’ राम्रो नै छ कि भन्ने अपेक्षा भने गर्न सकिन्छ ।
सेभेन सिज सिनेमाको प्रस्तुति निर्माण भएको ‘अभिमन्यु ः च्याप्टर १’ मंसिर १८ गते रिलिज हुँदैछ।
कामेश्वर चौरसिया, सरिता गिरी, किरण श्रेष्ठ, लक्ष्मी बर्देवा, गौमाया गुरुङ, प्रकाश दाहाल, शिशिर वाङ्देल मुख्य भूमिका रहेको यो फिल्ममा
सुशान्त गौतमको निर्देशन छ।
यसको क्रिएटिभ निर्देशक मदन थापा हुन् भने मुकेश खनालले लेखेका हुन्। यस फिल्मका निर्मातामा विनोद पौडेल र गुञ्जन गिरी हुन् । रमेश चौलागाईं र हरि श्रेष्ठ सह–निर्माता रहेको फिल्मका कार्यकारी निर्मातामा विशाल लामा, हरि मोक्तान, कृष्ण भट्टराई, नीराजन लुइँटेल र सन्देश श्रेष्ठ रहेका छन्। फिल्मको लाइन प्रोड्युसरमा जीवन शाक्य रहेको छन्।
शरद महतोको डिओपी रहेको यस फिल्ममा मनोज श्रेष्ठको भिएफएक्स, जुनिम गहतराजको रंग संयोजन, मदन घिमिरेको सम्पादक रहेका छ।
यो चलचित्र नेपाली र हिन्दी दुवै भाषामा नेपालभरका साथै भारत र विश्वव्यापी रूपमा प्रदर्शन गरिँदै छ ।