सुचना, समाचार र मनोरन्जन
Pdms

विपद् व्यवस्थापनमा सरकार ‘हाई अलर्ट’मा: प्रधानमन्त्री ओली

काठमाडौँ,

वर्षा र बाढीका कारण विभिन्न क्षेत्रमा उत्पन्न भइरहेका मौसमजन्य विपद्को जोखिमप्रति चासो व्यक्त गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले उद्धार तथा राहत कार्यका लागि सरकार उच्च सतर्कतामा रहेको बताएका छन्।

प्रधानमन्त्री ओलीले मंगलबार फेसबुकमार्फत जानकारी दिँदै भने, ुसरकारले विपद् व्यवस्थापन विभागलाई ुहाई एलर्टुमा राखेको छ। सशस्त्र प्रहरी बल, नेपाली सेना र नेपाल प्रहरीका स्वयंसेवकहरू आवश्यक साधन र उद्धार उपकरणसहित तैनाथ छन् र आफ्नो काम गरिरहेका छन्।ु

उनले विपद् सम्भावित क्षेत्रहरूमा खटिएका सुरक्षा निकायहरूसँग समन्वय गर्न सबैलाई आग्रह गर्दै सम्बन्धित सम्पर्क नम्बरहरू सार्वजनिक भइसकेको जनाएका छन्।

Leave A Reply

Your email address will not be published.