काठमाडौं :
चैत्र २७ गतेबाट सोलो रिलिजमा आउन लागेको फिल्म ‘राम नाम सत्य’को सस्पेन्स, प्रेम र एक्सनले भरिएको ट्रेलर बुधबार सार्वजनिक गरिएको थियो । युट्युबमा सार्वजनिक भएसँगै यसले हंगामा मच्चाइरहेको छ।
माइकल चन्दको कथा, पटकथा र लेखन रहेको यो फिल्मको ट्रेलरले सार्वजनिक भएको १ घन्टा ३० मिनेटमै युट्युबको सिनेमा विधा अन्र्तगत नेपालमा ८ नम्बरको ट्रेन्डिङमा पकड जमाएको थियो। यस्तै, सार्वजनिक भएको १० घन्टामै नेपालको सिनेमा विधा अन्र्तगत युट्युबको नम्बर १ स्थान ओगटेको फिल्मको ट्रेलरलाई २४ घन्टामै १० लाख भन्दा बढी पटक हेरिएको छ । फिल्मको ट्रेलरमा २६ सय भन्दा बढी प्रतिक्रिया छन् । अधिकांश प्रतिक्रियामा दर्शक फिल्मलाई लिएर उत्साहित देखिएका छन्। ट्रेलरबाट पाएको उत्कृष्ट प्रतिक्रियाले आफू अझै उत्साहित भएको निर्देशक चन्दले बताए।
सार्वजनिक ट्रेलरमा विराज भट्टको दमदार एक्सन र संवाद छ। यस्तै, नायक सुशील श्रेष्ठ र नायिका दिव्या रायमाझीको प्रेम, विराज र सुशीलविचको एक्सन ट्रेलरमा समावेश छ । फिल्ममा नव–नायक आयुष सिंह ठकुरीको भूमिका विशेष देखिएको छ । उनको सस्पेन्स भूमिका दर्शकका लागि उत्सुकता जगाउने खालको छ।
नव–नायिका खुशी कार्कीले नायक भट्टसँग नृत्य गरेको ‘हुम्लाको सिमी’ बोलको गीत चर्चामा छ । फिल्ममा दिनेश डीसी, सुधिर श्रेष्ठ, आशा पौडेल, सन्तोष सरकार, विकास खनाल, रवि, सुशान्त कुमार श्रेष्ठ, उपेन्द्र शाही, रामेश्वर शाह, कनिज कोइराला, लोकेन्द्र जीसी, हेमा खड्का, दिपक कोइराला, विनुता विमली, सरोज शाह लगायतका कलाकारहरुको अभिनय छ । यस्तै, फिल्ममा आयुष विक्रम शाही, अधिराज चन्द, संरचना चन्द र श्रृङ्खला बिष्ट बाल–कलाकारको रुपमा छन् ।
माइकल इन्टरटेन्मेन्ट हाउसको प्रस्तुतिमा निर्माण भएको यो फिल्ममा उपेन्द्र शाही र स्वेता विमलीको लगानी छ । फिल्मका कार्यकारी निर्माता किशोर भट्ट, राजेन्द्र भट्ट र अर्जुन सुनार हुन् । यस्तै, फिल्मका सह–निर्माता तेजराज चटौत र दमन बहादुर चन्द सह–निर्माताको रुपमा छन्।
मोती कार्की क्रियटिभ निर्माता रहेको फिल्ममा राजेन्द्र आचार्य लाइन प्रोड्यूसरको रुपमा छन् । काफिया फिल्मस् र कुवेर सिने डिष्ट्रिब्यूसनको वितरण रहने यो फिल्ममा बाबुल गिरी, अर्जुन पोखरेल, एसडी योगी, नवाज अन्सारीको संगीत छ। मानकृष्ण महर्जनको डीओपी रहेको फिल्ममा श्री श्रेष्ठको एक्सन, बन्दे प्रसादको सम्पादन, काला चरणको व्याक ग्राउन्ड म्यूजिक छ।
सियोन श्रेष्ठको कोरियोग्राफी रहेको फिल्ममा शेर बहादुर लामाको छायांकन छ । यो ट्रेलरलाई साहिल खानले तयार पारेका हुन् । सुनिल राई आर्ट निर्देशक रहेको फिल्ममा नविन जंग शाही, विशाल विमली र पूजन लामिछाने कास्टिङ डिरेक्टरको रुपमा छन् । अभिमन्यू निरवी र समय थपलिया फिल्मका स्क्रिप्ट कन्सलट्यान्ट हुन् । फिल्ममा समावेश ‘धागोले बाटेको’ बोलको गीत युट्युबमा ६० लाख पटक हेरिएको छ। यस्तै, फिल्मको ‘हुम्लाको सिमी’ बोलको गीत र टिजरले पनि दर्शकको उत्कृष्ट प्रतिक्रिया पाइरहेको छ । चैत्र २७ गते सोलो रिलिजमा आउन लागेको फिल्मले बक्स अफिसमा आक्रामक ओपनिङ गर्ने प्रक्षेपण वितरक गोविन्द शाहीको छ।