Trending
- जनप्रिय बहुमुखी क्याम्पसको क्याम्पस प्रमुखमा कृष्णबाबु बराल
- चोट र चुनौती चिर्दै ‘सिन्दुरे जात्रा’को सुटिङ सम्पन्न,‘पूर्णबहादुरको सारङ्गी’ फेम्ड टिमको दोस्रो जादु कस्तो होला ?
- सिड्नीमा ‘मालती मंगले’को प्रिमियरमा दर्शकको ओइरो,८ गीत गाएर रामकृष्णले जिते मन
- सौगातले गरे ‘पञ्चमी’ निर्माणको घोषणा, उपन्यासबाटै बन्दैछ साइकोलोजिकल मिस्ट्री थ्रिलर
- दिव्याको ‘बेहुली’को गीत ‘दिलमा ठाउँ छ’जताततै चर्चा,निर्माण टिम हर्षित
- गुरुपुर्णिमाको अवसरमा ‘पार्वती’को दर्शकलाई टिजर उपहार, टिजरमा दिदीभाईको कारुणिक कथा
- गौरी, तृप्ति र रेखाको फिल्म ‘ककाकिकी’को लिरिकल थेम गीत सार्वजनिक
- पोखरामा सार्वजनिक भयो प्रोटोन इ.मास ५, सुरुवाती मूल्य २९.९९ लाख
- आश्रयविहीनहरूको सहारा बन्दै मानवसेवा आश्रम
- नेप्से परिसूचक सामान्य अङ्कले घट्यो
- सर्वोच्चले भन्यो “चार प्रकृतिका मुद्दाको प्रत्यक्ष प्रशारण नगर्नु”
सरकारले तीव्र रफ्तारमा काम गरिरहेको छः अर्थमन्त्री डा वाग्ले
अर्थमन्त्री डा स्वर्णिम वाग्लेले वर्तमान सरकारले सुधारको काम द्रुतगतिमा अगाडि बढाएको बताउनुभएको छ ।
वीरगञ्ज उद्योग वाणिज्य सङ्घले आज यहाँ आयोजना गरेको आगामी आर्थिक वर्ष २०८३/८४ को पूर्वबजेटसम्बन्धी अन्तरक्रिया कार्यक्रममा उहाँले प्रधानमन्त्री वालेन्द्र शाहले निर्देश गरेको गतिअनुसार सुधारको काम अघि बढिरहेको बताउनुभयो ।
“प्रधानमन्त्रीले एउटा गति सेट गरिदिनुभएको छ । त्यस रफ्तारमा काम हुन थालेको छ । सिङ्गो सङ्घीय सरकार त्यो रफ्तारलाई पछ्याइरहेको छ”, मन्त्री डा वाग्लेले भन्नुभयो, ‘‘हाल मन्त्रालयबीच नै कसले तीव्र रफ्तारमा काम गर्ने भनेर होडबाजी नै चलेको छ । राम्रो काम गर्नका लागि एउटा मन्त्रालयको गतिलाई अर्को मन्त्रालयको गतिले उछिन्ने काम पनि भइरहेको छ ।’’
उहाँले आफूले अर्थमन्त्रीमा बहाल भएको दिनदेखि नै उद्योगी–व्यवसायीलाई सकारात्मक सन्देश दिने प्रयत्न गरेको बताउनुभयो । “यहाँका उद्योगी–व्यवसायीहरूले वर्षौदेखि देखि हैरानी भएको गुनासो छ । सोही गुनासोलाई पहिलो दिनदेखि सम्बोधन गर्ने प्रयास गर्दै आइरहेका छौँ”, डा वाग्लले भन्नुभयो ।
उहाँले आफ्नो अग्रज पूर्वमन्त्री रामेश्वरप्रसाद खनालको नेतृत्वमा लेखिएको उच्चस्तरीय आर्थिक सुधार प्रतिवेदनले सिफारिस गरेका केही कुराहरूलाई सम्बोधन गर्ने प्रयास गरेको दाबी गर्नुभयो । अर्थमन्त्री डा वाग्लेले अर्थमन्त्रीको पदवहाल गर्ने वित्तिकै राजस्व अनुसन्धान विभागको खारेजी र साङ्केतिक रूपमा १५ वटा पुराना असान्दर्भिक ऐनहरू खारेजी गर्ने निर्णय गरिएको बताउनुभयो । उहाँले भन्नुभयो,“यो सुरुआत मात्रै हो, थप काम अगाडि बढ्दै छन् । विगतमा गठबन्धन सरकारले काम गर्न यो वा त्यो बाहना गर्थे, जनताले अभूतपूर्व मत दिएकाले अब त्यो छुट हामीलाई छैन । त्यसैले राम्रो काम गर्न सुरु गरिसकेका छौँ ।”
अर्थमन्त्री डा वाग्लेले आगामी आर्थिक वर्षको बजेट तर्जुमा गर्नका लागि आवश्यक प्रक्रिया अघि बढाइएको बताउनुभएको छ ।
वीरगञ्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष हरि गौतमले उद्योगमैत्री नीति नहुँदा उद्योगी व्यवसायीहरू मर्कामा परेको गुनासो गर्नुभयो । उहाँले उद्योगको प्राथमिक कच्चापदार्थको रूपमा रहेको बिजुली नियमित र भरपर्दो व्यवस्था गर्न आग्रह गर्नुभयो ।
Prev Post