सुचना, समाचार र मनोरन्जन

विराज अभिनित फिल्म ‘राम नाम सत्य’बुकिङ खुल्यो,कति शो पायो त?

काठमाडौं :

चैत २७ गते अर्थात आगामी शुक्रबारदेखि प्रदर्शनमा आउने फिल्म ‘राम नाम सत्य’को अग्रिम टिकट बिक्री खुुलेको छ। बुधबारदेखि फिल्मको टिकट काट्न थालिएको हो।

Chaka Panja

फिल्मले देशव्यापी करिब १४० शोज पाएको छ। दर्शकको उत्साहलाई ध्यानमा राखी हलवालाले यो फिल्मलाई उच्च शो दिएको हो। फिल्ममा अभिनेता विराज भट्ट मुख्य भूमिकामा रहेका छन्। उनका साथमा एक्सन स्टार सुशील श्रेष्ठ, आयुषसिंह ठकुरी, सुपुष्पा भट्ट, दिब्या रायमाझी, खुसी कार्की, सुनिल थापा, अर्पण थापा, कनिज कोइराला, रवि गिरी र दिनेश डीसीको पनि अभिनय छ।

रहस्य, बदला र अपराधको कथामा आधारित यो फिल्ममा माइकल चन्दको लेखन तथा निर्देशन रहेको छ। रनटाइम १६० मिनेट लामो यस फिल्मले पीजी सर्टिफिकेट पाएको छ।

Leave A Reply

Your email address will not be published.