सुचना, समाचार र मनोरन्जन

वीरगञ्ज नाकाबाट ३९ अर्ब ९७ करोडका सामान निर्यात

पर्सा,

वीरगञ्ज हुँदै चालू आर्थिक वर्षको पाँच महिनामा ३९ अर्ब ९७ करोड रुपैयाँ मूल्यका वस्तु तथा सामान निर्यात भएको छ ।

गएको आर्थिक वर्षको पाँच महिनाको तुलनामा चालू आवको यही अवधिमा यो नाका हुँदै ८९ प्रतिशत अर्थात् १८ अर्ब ७९ करोड रुपैयाँ बढीको निर्यात भएको हो ।

वीरगञ्ज भन्सार कार्यालयका सूचना अधिकृत उदयसिंह विष्टले चालू आर्थिक वर्षको पाँच महिनामा यो नाकाबाट हुने निर्यातमा उल्लेखनीय वृद्धि भएको बताए ।

१ अर्ब ५० करोड रुपैयाँ पर्ने विभिन्न किसिमका कपडाहरु निर्यात भएको कार्यालयले जनाएको छ ।

Leave A Reply

Your email address will not be published.