Trending
- जनप्रिय बहुमुखी क्याम्पसको क्याम्पस प्रमुखमा कृष्णबाबु बराल
- माग्नेबुढा अमेरिका ग्रिन कार्डको पर्खाइमा अमेरिका बसेका हैन र?
- एआईको सहयोगमा निर्माण गरियो गीतको भिडियो ‘मेरो नेपाल’
- स्वस्तिमाको अभिनित फिल्म ‘लालीबजार’को ‘मै राम्री छु त नी’मा बबाल डान्स
- २५ वर्षअघिको क्रेज फर्काउला आधुनिक फिल्म ‘गौँथली’ले,‘आँखा भरी आँसु’मा जन्मघर छोड्दाको पीडा
- रावल आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय
- गौतमबुद्ध र पोखरा अन्तरराष्ट्रिय विमानस्थल सञ्चालनमा सांसदहरूको जोड
- काठमाडौँमा अतिक्रमित १ हजार ८५९ रोपनी जग्गा खाली गर्न बाटो खुला
- दाउरा थकालीको देशव्यापी विस्तार : स्वादसँगै नेपाली संस्कृति प्रवर्द्धन
- संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलको म्याद थप गर्ने सरकारको निर्णय
- गणेशमान पालिखेको २१ औं स्मृति दिवसमा वृक्षारोपण र खाद्यन्य वितरण
मधेसमा ८६ लाख वृक्षरोपण गरिने
जनकपुरधाम,
मधेस प्रदेश सरकारले चुरेक्षेत्रको विनास रोक्न तथा पर्यावरणको सुरक्षाका लागि वृक्षरोपण अभियान सुरु गर्ने भएको छ । अभियानअन्तर्गत मधेस प्रदेश सरकारले ८६ लाख बिरुवा रोपिनेछ ।,
प्रदेश सरकारको वन तथा वातावरण मन्त्रालयका सचिव उद्धवबहादुर घिमिरेले उक्त अभियानअन्तर्गत प्रदेशका सडकपेटीमा मात्र चार लाख बिरुवा रोप्ने लक्ष्य रहेको जानकारी दिनुभयो । “चालु आर्थिक वर्षमा ५० किमी सडकपेटी तथा २७८ हेक्टर क्षेत्रफलमा वृक्षरोपण हुनेछ,” घिमिरे भने ।
मन्त्रालयबाट प्राप्त जानकारीअनुसार ८६ लाख बिरुवामध्ये ६२ लाख बिरुवा प्रदेश सरकारको बजेटबाट तथा बाँकी सङ्घीय सरकारको ससर्त अनुदानमार्फत उत्पादन गरिने बताइएको छ । ती बिरुवाहरू सर्वसाधारणलाई निःशुल्क रुपमा वितरण गरिने उनको भनाइ छ ।
उत्पादन भएका बिरुवामध्ये करिब आठ प्रतिशत बिरुवा सरकारी वनक्षेत्र तथा डिभिजन वन कार्यालयको मातहत रहने क्षेत्रमा रोपिने छ भने बाँकी ८० प्रतिशत बिरुवा निजी जग्गामा रोपिने छ । यसमार्फत हरियाली विस्तारसँगै वातावरणीय सन्तुलन कायम गर्ने सरकारको दिगो लक्ष्य छ ।
यस अभियानले वनजङ्गलको संरक्षण, चुरेक्षेत्रको संरक्षण हुने, नदी तथा भूमि कटान रोकथाम हुने र पर्यावरण सुरक्षा तथा सुधारमा सकारात्मक योगदान पुग्ने प्रदेश सरकारको विश्वास छ ।
डिभिजन वन कार्यालय धनुषा जनकपुरधामका वन अधिकृत अनिल साहका अनुसार धनुषा जिल्लाअन्तर्गत जनकपुर–ढल्केवर सडक खण्डको दुवै क्षेत्रको पेटीमा चार हजार ४०० बिरुवा रोप्न सुरु भइसकेको छ ।