Trending
- जनप्रिय बहुमुखी क्याम्पसको क्याम्पस प्रमुखमा कृष्णबाबु बराल
- स्वस्तिमा खड्का स्टारर ‘लालीबजार’ ९ करोड कमाउँदै ब्लकबस्टर, आर्थिक वर्ष २०८३ को सर्वाधिक कमाउने फिल्म
- लक्ष्मी गिरी अभिनित ‘भागदौड’ असार २६ मा प्रदर्शन हुने, अनिशा श्रेष्ठ र घनश्याम जोशी मुख्य कलाकार
- ‘मिस्टर एण्ड मिस लिटिल कोशी’को सुनसरी अडिसन सम्पन्न, ५८ बालबालिका फाइनलका लागि छनोट
- शासकीय सुधारसम्बन्धी १०० कार्यसूची कार्यान्वयनमा सञ्चार मन्त्रालयको उल्लेख्य प्रगति
- भैरहवामा अत्याधुनिक आईएनआई सिनेमाज सञ्चालन, ३९६ सिटको क्षमता
- मुकुन र सुरक्षाको ‘चमेलीको पोइ’असाजमा,नारायण त्रिपाठीको दुई दशकपछि कमब्याक
- नवनियुक्त मन्त्रीद्वय गुरुङ र पुनद्वारा सपथ ग्रहण
- मन्त्रिपरिषद् बैठकमा डिडीसीको उत्पादन प्रवर्द्धनको एजेन्डामा छलफल
- पोखरामा खेल सप्ताह आयोजना हुँदै, राष्ट्रियदेखि ग्रासरुट तहसम्मका खेल समावेश
- हर्मुज नजिक अमेरिकी हेलिकप्टर हेलिकप्टर दुर्घटनापछि पाइलट सुरक्षित
आगामी आवको बजेट अर्थतन्त्र निर्माणको सङ्कल्पसहित प्रस्तुत भएको छः अर्थमन्त्री पौडेल
काठमाडौँ,
उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२÷८३ को बजेटले सुदृढ अर्थतन्त्र निर्माणको दिशामा थप एक कदम अघि बढाउने विश्वास व्यक्त गरेका छन ।
राष्ट्रियसभाको आजको बैठकमा अर्थमन्त्री पौडेलले आर्थिक वर्ष २०८२÷८३ को राजस्व र व्ययको वार्षिक अनुमान माथिको सामान्य छलफलमा उठेका प्रश्नहरूको जवाफ दिँदै प्रस्तुत बजेटले नयाँ सपना देख्ने भन्दा पनि देखेका सपनालाई पूरा गर्ने बताए।
अर्थमन्त्री पौडेलले बजेट कार्यान्वयनका दृष्टिकोणले नयाँ उदाहरण स्थापित गर्नेमा विश्वास व्यक्त गरे । उनले भने, “बजेट आकार, अनुमान र प्रस्तावका दुष्टिले मात्र होइन कार्यान्वयनमा दृष्टिले पनि उपयुक्त थियो भन्ने अभिलेख होस भन्ने सोच र सङ्कल्पका साथमा बजेट प्रस्तुत भएको छ ।” आगामी आर्थिक वर्षको अन्त्यसम्म मुद्रास्फीति ५.५ प्रतिशतमा राख्न छ प्रतिशतको आर्थिक वृद्धिको लक्ष्य हासिल गर्ने गरी बजेट कार्यानवयन हुने समेत उल्लेख गरे ।
“बजेटमार्फत मुलुकको अर्थतन्त्र चलायमान हुनेछ, बजेट कार्यान्वयनपछि हामी सुदृढ राष्ट्रिय अर्थतन्त्रको निर्माणको दिशामा एक कदम अघि बढेको हुनेछौँ, सोही अठोट र सङ्कल्पसहित प्रस्तुत बजेट आएको छ”, अर्थमन्त्री पौडेलले भने ।
आगामी आवको बजेट नयाँ योजनाको भन्दा पनि विगतमा सुरु भएका योजना पूरा गर्ने गरी आएको उल्लेख गर्दै उहाँले विगतमा घोषणा गर्ने गरेका आयोजनाहरुको प्रभावकारी कार्यान्वयनमा केन्द्रि रहेको उल्लेख गरे ।