सुचना, समाचार र मनोरन्जन
IVF New Banner

कर तिर्न अटेर गर्ने बाह्र वटा फिल्म हल सञ्चालकमाथी कारबाही गर्दै चलचित्र विकास बोर्ड

सिडियोलाई पठायो पत्र

काठमाडौं :

चलचित्र विकास बोर्ड फिल्म हलप्रति कडा रुपमा प्रस्तुत भएको छ। चलचित्र विकास बोर्डले प्रदर्शनको नियम उल्लंघन गर्दै देशभरमा रहेका १२ वटा हललाई कानूनी दायरामा ल्याउन आग्रह गर्दै सिडियोलाई पत्र काटेको छ।

Safal

बोर्डले मोरङ, रुपन्देही, मकवानपुर, सर्लाही, बारा, सुर्खेत र धनकुटास्थित जिल्ला प्रशासन कार्यालय र त्यहाँका राजस्व कार्यालयहरूलाई पत्र लेख्दै हल नविकरण नगरी इलिगल रुपमा चलाइरहेको हुनाले हल बन्द गर्न र कारबाही गर्न माग गरेको छ।

बोर्ड अध्यक्ष दिनेश डीसीले परिचयसँगको कुराकानीमा हल सञ्चालकहरुलाई बारम्बार पत्र लेख्दा र आग्रह गर्दा पनि नविकरण नगरिकन हल चलाएपछि सिडियोलाई पत्र लेख्न बाध्य भएको बताए।

IVF Post

‘ति १२ वटा चलचित्र भवनहरु जो लाइसेन्स लिएका तर लामो समयदेखि नविकरण गर्न नआएर इलिगल रुपमा चलाइरहेका छन्,’उनले परिचयसँगको कुराकानीमा भने,‘ति हलहरुलाई बारम्बार अनुरोध गर्दा पनि नमानेको हुनाले सिडियो कार्यलयलाई ति हलहरु बन्द गर्न र कानुनी दायरमा ल्याउनका लागि अनुरोध गरिएको छ।’

उनका अनुसार १२ हल सञ्चालकले हलको लामो समयदेखि इजाजतपत्र नवीकरण नभैकन संचालन भइरहेका छन्। उनीहरुले चलचित्र विकास शुल्क समेत नतिरेको र कतिपयले प्रदर्शन इजाजत पनि नलिएको अध्यक्ष डिसीदे बताए।

ति हल सञ्चालकहरुलाई बोर्ड निकै भारी पर्ने देखिन्छ। किनभने बोर्डको पत्र र आग्रहलाई पटक पटक इन्कार गरेको हुनाले हल नै सञ्चालन नहुने गरि बोर्ड कारबाहीमा उत्रिने अवस्थामा छ। अध्यक्ष डिसी कानूनी दायरामा आउन आनकानी गरे बिक्री गरेको टिकटभन्दा दोब्बर जरिवाना तिराउनेदेखि लिएर हलमा प्रदर्शन रोक्ने, इजाजतपत्र खारेज हुने र सम्बन्धित व्यक्तिको नामबाट जिन्दगीभर हल खोल्न नपाइने गरि अगाडि बढ्ने देखिएका छन्।

केहि दिन अघि बोर्डले देशभर १६६ हल संचालनमा रहेको सूची सार्वजनिक गरेको थियो। अघिल्ला बोर्ड अध्यक्षलाई समेत अटेर गरेका हल सञ्चालकले यो पटक भने कानुनी दायराबाट उम्किन पाउने छाँटकाँट देखिएको छैन।

Leave A Reply

Your email address will not be published.