सुचना, समाचार र मनोरन्जन
Sarangi

बोकेदाह्रीले ल्याए ‘गारो छ हौ मलाई नारायणी’

काठमाडौं :

हास्य विधामा आफ्नो छुट्टै पहिचान बनाएका गायक श्रीकृष्ण लुइँटेलले नयाँ गीत स्रोतामाझ लिएर आएका छन्। शुक्रबार उनले ‘गारो छ हौ मलाई’ को भिडियो सहित स्रोतामाझ आएका हुन्।

गीतमा युवा जति विदेशमा,गाउँघरमा बृध्दा, आईमाई केटाकेटी मात्र हुँदा मर्दा, पर्दा आईपर्ने आपत विपतको समस्यालाई कसरी समाधान गर्न सकिन्छ भन्ने मर्मश्पर्शी सन्देशमूलक ‘गारो छ हौ मलाई’ गीतको भिडियो प्रस्तुत गरिएको छ।

गीतमा गायक श्रीकृष्ण लुइँटेललाई गायिका मनिषा पोखरेलले गायनमा साथ दिएकी छन्। गायक लुइँटेलकै शब्द संगीत रहेको छ भने भिडियोमा मिलन सुवेदी ‘बाटाघरे’को निर्देशन रहेको छ।

भिडियोमा श्रीकृष्ण लुइटेल, मिलन सुवेदी, अनिषा न्यौपाने, कृष्ण सुवेदी, मनोज पोखरेल, तीर्थ पोखरेल, गोपाल दर्जी, जमुना भडारी सञ्जेल, रेणु गौतम, शुभद्रा थापा, निर्मला वस्नेत, प्रमिला थापा, कोपिला खड्का, अम्बिका भण्डारी, देवराज सुवेदी, रमेश पोखरेल, बुध्दिमान भुजेलको जीवन्त अभिनय रहेको भिडियो सुमन तामाङले खिचेका हुन् भने सम्पादन हिमाल तामाङको रहेको छ ।

Leave A Reply

Your email address will not be published.