सुचना, समाचार र मनोरन्जन

‘बोक्सीको घर’ले रञ्जना हलमा ५१ दिन मनाउँदा निर्माता र निर्देशकबीच चर्कियो विवाद

काठमाडौं :

सुलक्षण भारतीको लेखन,निर्देशन तथा अभिनयमा निर्माण भएको फिल्म ‘बोक्सीको घर’ले हलमा ५१ दिन मनाएको छ। गत वैशाखको १४ गतेबाट रिलिजमा आएको फिल्म ‘बोक्सीको घर’ले काठमाडौंको रञ्जना सिनेप्लेक्समा ५१ दिन मनाएको हो।

Chaka Panja

फिल्म ५१ दिन पनि दर्शकलाई हलमा तानेपछि अष्ट्रेलियामा फिल्मको सेलिब्रेशन गरिएको छ। फिल्मको प्रदर्शनका लागि अष्ट्रेलिया पुगेकी अभिनेत्री केकी अधिकारीले उतै सेलिब्रेसन गरेकी हुन्। उनले अष्ट्रेलियामा फिल्मको ५१ दिने सेलिब्रेशन गरेको तस्विर सार्वजनिक छन्।

उता केकीले फिल्मको सेलिब्रेसन मनाइरहदा यता भने फिल्मका लेखक तथा निर्देशक सुलक्षण भारती भने केकीसँग रिसाएका छन्। उनले आफुलाई निर्माण पक्षले बेवास्ता गरेको भन्दै बौद्धिक चोरी भनेको के हो भन्दै केकीलाई प्रश्न गरेका छन्। बक्स अफिसमा १० करोड माथिको व्यापार गरेको दाबी गरिएको यो फिल्ममा केकी अधिकारीको साथमा रमा थपलिया, सुलक्षण भारती, सुपला सापकोटा लगायतका कलाकारको अभिनय छ ।

Leave A Reply

Your email address will not be published.