सुचना, समाचार र मनोरन्जन

चलचित्र विकास बोर्डद्वारा ड्रोन तालिमपछि प्रमाणपत्र तथा छात्रवृत्ति वितरण

काठमाडौं : 
चलचित्र विकास बोर्डको आयोजनामा सम्पन्न “ड्रोन दक्षता प्रमाणपत्र तथा छात्रवृत्ति वितरण समारोह–२०८२” मा ड्रोन क्यामेरा सम्बन्धी कार्यशालामा सहभागी २५ जनालाई दक्षता प्रमाणपत्र वितरण गरिएको छ।

बोर्डका अध्यक्ष दिनेश डिसीको पहलमा सञ्चालन गरिएको कार्यशालामार्फत सहभागीहरूलाई व्यवहारिक तालिम दिइएको थियो। उनीहरूलाई ड्रोन प्रविधिबारे दक्ष बनाइएको आयोजकले जनाएको छ।

Pach Pandav

त्यसै अवसरमा चलचित्र विषय अध्ययनरत २२ जना विद्यार्थीलाई प्रति विद्यार्थी रु ५०,०००।– का दरले जम्मा ११ लाख रुपैयाँ छात्रवृत्ति प्रदान गरिएको छ।

समारोहमा विद्यार्थीहरूलाई प्रोत्साहनस्वरूप छात्रवृत्तिसहित प्रमाणपत्र प्रदान गरिएको थियो। बोर्डका अनुसार यस्ता कार्यक्रमहरूले प्राविधिक सीप विकास र सिनेमाको प्रविधिक पक्ष सुदृढ गर्न मद्दत पुर्‍याउने विश्वास लिइएको छ।

Leave A Reply

Your email address will not be published.