सुचना, समाचार र मनोरन्जन
jaar

गैरकानूनी ढंगले चलेका हललाई कारबाही गर्न थाल्यो बोर्डले

काठमाडौं :

चलचित्र विकास बोर्डको पत्रलाई हेलचेक्राई रुपमा लिएको र गैरकानूनी ढंगले संचालन भैरहेका फिल्म हललाई बोर्डले कारबाही थालेको छ। यसरी कारबाहीमा पर्ने हलमा पहिलो पटक सिरहास्थित बुद्ध चलचित्र मन्दिर परेको छ। बोर्डले शुक्रबार चलचित्र विकास शुल्क नतिरेको र लुकिछिपी चलाएको पाइएपछि यस हलमा तालाबन्दी गरेको हो।

बोर्डको अध्यक्ष भएपछि दिनेश डीसी कडा रुपमा प्रस्तुत भएका छन्। उनले कानुनको दायरा र बोर्डको नियम नमान्नेलाई भटाभट कारबाही थालेका हुन्। उनले सिरहाबाट हललाई कानूनी दायरामा ल्याउने कार्य सुरु भएको जानकारी दिएका छन्। पत्रकारसँगको कुराकानीमा उनले बन्द गरिएका हल सञ्चालकले इजाजतपत्र नवीकरण गरेपछि मात्रै संचालनका लागि अनुमति पाउने बताए।

उनले दुईदिन अघि गैरकानूनी ढंगले चलेका मुलुकका १२ वटा हललाई नियममा आउन भन्दै पत्र काटेको थियो। लामो समयदेखि इजाजतपत्र नवीकरण नभैकन संचालन भएको मोरङ, रुपन्देही, मकवानपुर, सर्लाही, बारा, सिरहा, सुर्खेत र धनकुटामा हल सञ्चालनमा आएका थिए। सोहीस्थित जिल्ला प्रशासन कार्यालय र त्यहाँका राजस्व कार्यालयलाई बोर्डले पत्र लेख्दै कानुनु बमोजिम कारबाही गर्न पत्रमा लेखेको थियो।

बोर्डका अनुसार यतिबेला १२ जना कर्मचारी देशब्यापी हल अनुगमनमा खटाइएको छ। उनीहरुले हलको अनुगमनको काम गर्ने छन्। यता बिहिबार बोर्ड अध्यक्ष डीसी स्वयम गण्डकी प्रदेशका हलको अनुगमनमा निस्किएका थिए।

Leave A Reply

Your email address will not be published.