सुचना, समाचार र मनोरन्जन

जापानद्वारा बीपी राजमार्गको पिप्ले–बर्खेखोला खण्डको पुनः निर्माण शुरु

जापानको सहयोगमा बीपी राजमार्ग अन्तर्गत काभ्रेको पिप्लेबाट बर्खेखोला सडक खण्डको पुनः निर्माण थालिएको छ । नेपालका लागि जापानी राजदूत माएदा तोरु र पूर्वाधार विकास मन्त्रालयका सचिव गोपालप्रसाद सिग्देलले हिजो संयुक्त रूपमा परियोजनाको शिलान्यास गर्नुभयो ।

जापान अन्तर्राष्ट्रिय सहयोग नियोग ९जाइका०को आर्थिक तथा प्राविधिक सहयोगमा पिप्ले–बर्खेखोला सडक खण्डमा पर्ने ३।२ किलोमिटर सडक खण्डको पुनर्निर्माण शुरु भएको सडक डिभिजन कार्यालय भक्तपुरका प्रमुख सिनियर डिभिजनल इन्जिनियर सुमन योगेशले जानकारी दिनुभयो ।

उहाँका अनुसार २०८१ असोज १२ को बाढी पहिरोका कारण क्षतिग्रस्त बीपी राजमार्गअन्तर्गत काभ्रे र सिन्धुली झण्डै ३० किलोमिटर सडक खण्ड पुनर्निर्माण तथा मर्मत गर्नुपर्नेछ । पिप्ले–बर्खेखोला सडक खण्डको जापानको सिमिजु कर्पोरेसनले निर्माणको जिम्मा लिएको हो ।

योगेशका अनुसार जापानले दुई अर्ब ८० करोड येन अनुदान दिने गरी २०८२ कात्तिक १३ गते द्विपक्षीय सम्झौता भएको थियो । बाँकी प्रक्रिया पूरा गरेर निर्माण शुरु गरिएको हो । यसअघि जाइका टोलीले पूर्वतयारीस्वरुप क्याम्प बनाउने, अस्थायी बाटो बनाउनेलगायत काम गरेको छ । योसमेत गरी अहिले बीपी राजमार्गको क्षतिग्रस्त सडक चार खण्डमा निर्माणाधीन अवस्थामा रहेको छ ।

Leave A Reply

Your email address will not be published.