Trending
- जनप्रिय बहुमुखी क्याम्पसको क्याम्पस प्रमुखमा कृष्णबाबु बराल
- राजु श्रेष्ठको ‘कंगाल करोडपति’मा मुकुन भुषाल पक्का,हिरोइन किन लुकाइयो?
- नेपाल फिल्म क्याम्पसमा नाटक ‘संशय’ मन्चन हुने
- नतिजा समयमै प्रकाशन गर्न कुनै हतार गरिएको होइनः मन्त्री पोखरेल
- अनिल भन्छन्,“पहिलो सिनेमा ‘कर्मा’बाट जसरी माया पाएँ, ‘बा : एक योद्धा’मा पनि त्यही अपेक्षा छ”
- शम्भूजितलाई दीर्घ साधना सम्मान, उन्नतीदेखि शिवसम्म सम्मानित हुँदै
- राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण
- मनसुन प्रतिकार्यका लागि ५४ स्थानमा सशस्त्रका अस्थायी वेश
- दश हजार भायल एन्टि–रेबिज खोप मौज्दात: स्वास्थ्य मन्त्रालय
- दश हजार भायल एन्टि–रेबिज खोप मौज्दात : स्वास्थ्य मन्त्रालय
- कक्षा १२ को नतिजाप्रति असन्तुष्टि जनाउँदै माइतीघरमा विद्यार्थीको प्रदर्शन
कालिका मन्दिर परिसरमा वृक्षरोपण
बागलुङ,
बागलुङ कालिका भगवती गुठी व्यवस्थापन समितिको आयोजनामा बागलुङको कालिका मन्दिर परिसरमा वृक्षरोपण गरिएको छ । मन्दिर परिसरमा कल्की फूल, अमला, तेजपात, कपुरलगायत जडीबुटीका झण्डै १०० औषधीय गुण भएका बिरुवा रोपिएको हो ।
डिभिजन वन कार्यालयको अगुवाइमा धार्मिक महत्त्व तथा पर्यावरणलाई सन्तुलित राख्ने उद्देश्यले विश्व वातावरण दिवसका सन्दर्भमा वृक्षरोपण गरिएको डिभिजन वन कार्यालय बागलुङका प्रमुख सरोज पन्थीले जानकारी दिनुभयो । कालिका मन्दिरमा देश तथा विदेशबाट धार्मिक पर्यटक आउने गर्छन् ।
बागलुङ कालिका भगवती गुठी व्यवस्थापन समितिका अध्यक्ष भूपेन्द्र खड्काले यहाँ लगाइएका बिरुवालाई हुर्काउने र संरक्षण गुठीले गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद आचार्य, नेपाली सेना, नेपाल प्रहरी र कर्मचारीले वृक्षरोपण गरेका हुन् । वन कार्यालयले मन्दिरको फोहर व्यवस्थापनका लागि २० थान डस्टबिन सहयोग गरेको छ ।