
Trending
- जनप्रिय बहुमुखी क्याम्पसको क्याम्पस प्रमुखमा कृष्णबाबु बराल
- पढाइलाई असर नपुग्ने गरी दशैँमा प्रशिक्षण: ‘मिस्टर एण्ड मिस लिटिल कोशी’ को तयारी तिब्र
- बुटवलमा ‘आ बाट आमा–२’ को भव्य कन्सर्ट, पल शाह र विपना थापालाई हेर्न बिहानैदेखि दर्शकको भीड
- न्यायको मन्दिरमा गुटको छायाँ: गरिमा र विश्वासको पुकार
- नायिका प्रियंका कार्कीको उपस्थितिमा पोखरामा ‘फेवा मसला’ सार्वजनिक
- उपत्यकामा दुई दिन विद्युत् आपूर्ति प्रभावित हुन सक्ने
- सुमित्रा, कल्पना र गंगा ‘मिसेस नेपाल इन्टरनेसनल वर्ल्ड २०२६’ को विजेता,थाइल्यान्डमा नेपालको तर्फबाट प्रतिस्पर्धा गर्ने
- कांग्रेस महाधिवेशनः मतदानको समय बेलुका ७ बजेसम्म थपियो
- लाहुरे समाजको कथा बोकेको ‘पेन्सन पट्टा’ पाँचौँ हप्तामा, बक्स अफिसमा सफल यात्रा
- सुशील र न्यान्सीको मुख्य अभिनय रहेको फिल्म ‘अक्षरा’ हलहरूमा
- ‘टनेल २६’ को रिलिज तत्कालका लागी स्थगित,घाटामा प्रदीप खड्का
सार्वजनिक शिक्षा सुधारका लागि बजेट बढाउन माग
काठमाडौँ,
प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरूले सार्वजनिक शिक्षा सुधारका लागि शिक्षा क्षेत्रको बजेट बढाउन माग गर्नुभएको छ । बैठकमा ‘विनियोजन विधेयक, २०८३’ माथिको छलफलमा भाग लिँदै सांसदहरूले सार्वजनिक विद्यालयमा किन विद्यार्थी कम भए भन्ने प्रश्नको उत्तर खोज्दै ती विद्यालयका शौचालय, प्रयोगशालालगायत पूर्वाधारको उचित प्रबन्ध गर्न आग्रह गर्नुभयो ।

सांसद नरेन्द्रकुमार केरुङले शिक्षा तथा खेलकुद मन्त्रालयका लागि विनियोजित बजेट अपुग हुने भन्दै सामुदायिक विद्यालयमा कार्यरत राहत शिक्षक र प्रारम्भिक बालविकास शिक्षकका लागि तोकिएको सुविधा बढाउन आग्रह गर्नुभयो । सांसद रमेशकुमार मल्लले भूकम्पप्रतिरोधी विद्यालय भवन, विद्यालय शौचालय आदिमा बजेट नदेखिएको भन्दै सरकारको नीति तथा कार्यक्रम र बजेटका बीच तालमेल नभएको टिप्पणी गर्नुभयो ।
बैठकमा शिक्षा तथा खेलकुदका साथै युवा, श्रम तथा रोजगार, उद्योग, वाणिज्य तथा आपूर्ति, कृषि, वन तथा पर्यावरण, सूचना तथा सञ्चार, संस्कृति पर्यटन तथा नागरिक उड्डयन, स्वास्थ्य तथा खाद्य स्वच्छता, भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन र महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालयको विनियोजन शीर्षकमाथिको छलफल जारी छ ।
Prev Post