
Trending
- जनप्रिय बहुमुखी क्याम्पसको क्याम्पस प्रमुखमा कृष्णबाबु बराल
- बक्स अफिसमा दयाहाङ, विपना, पल र सुहानाका फिल्मको दबदबा, ‘कबड्डी ५’ को १० दिनमै साढे १० करोडमाथिको व्यापार
- अब एउटै प्लेटफर्ममा नेपाली फिल्म, वृत्तचित्र र वेब सिरिज हेर्न पाइने
- कालजयी गीतसँगै गुञ्जिइन् उन्नती बोहरा ‘शिला’, शम्भूजीतलाई १लाख ५१ हजार नगदसहित अभिनन्दन
- सुफी शैलीमा आयो थानेश्वर गौतमको अर्को मनमोहक गीत ‘आँखामा बसेको मान्छे’
- ‘एक्का तीन’मा सुशील, पूजा र कवितामध्ये कसको जोडी ?
- ‘सीमा क्षेत्रमा हुने अवाञ्छित गतिविधि नियन्त्रण तीव्र’
- पोखरामा फूलको व्यापार: तिहारमा मात्रै दुई करोडको कारोबार हुने अनुमान
- नागढुंगा सुरुङमार्ग प्रयोगवापत पहिलो दिनमै ११ लाख ७० हजार संकलन
- न्यायपालिकाबारे भ्रामक समाचार नफैलाउन सर्वोच्चको आग्रह
- करदाता प्रोत्साहन कार्यक्रममा १६ विजेता घोषणा
चाडपर्व खर्च उपलब्ध गराउन श्रम विभागको निर्देशन
काठमाडौँ,
श्रम तथा व्यवसायजन्य सुरक्षा विभागले श्रमिकहरूलाई अनिवार्य रूपमा ‘चाडपर्व खर्च’ उपलब्ध गराउन सबै रोजगारदाता तथा प्रतिष्ठानहरूलाई निर्देशन दिएको छ ।

विभागले आज विज्ञप्ति जारी गर्दै उक्त ध्यानाकर्षण गराइएको हो । ‘श्रम ऐन, २०७४ को दफा ३७’ बमोजिम प्रचलित धर्म, संस्कृति तथा परम्पराअनुसार मनाइने चाडपर्वका लागि प्रत्येक श्रमिकले खाइपाइ आएको ‘एक महिनाको आधारभूत पारिश्रमिक बराबरको रकम’ प्रत्येक वर्ष चाडपर्व खर्चका रूपमा पाउने कानुनी व्यवस्था रहेको छ ।
विभागका उप–महानिर्देशक विपिन राजभण्डारीद्वारा जारी विज्ञप्तिमा यदि रोजगारदाता वा प्रतिष्ठानले उक्त सुविधा उपलब्ध नगराएमा सुविधा नपाउने श्रमिक वा कामदारले आफ्नो कार्यक्षेत्र पर्ने ‘श्रम तथा रोजगार कार्यालय’ वा ‘श्रम तथा व्यवसायजन्य सुरक्षा विभाग’ मा उजुरी तथा निवेदन दिन सक्ने पनि उल्लेख गरिएको छ ।