सुचना, समाचार र मनोरन्जन
Sarangi

तोङ्बाको तातोपानी चर्चापछि पाख्रिनको ‘चाहना मेरो’ सार्वजनिक

काठमाडौं  :
आधा दशक देखि निरन्तर गायनमा सक्रिय सिन्धुपाल्चोक, तातोपानी २ का स्थानिय निमा पाख्रिन ‘दिल ब. तामाङ’ले पछिल्लो समय एकपछि अर्को ‘चाहना मेरो’ गीतको भिडियो सार्वजनिक गरिरहेका छन् । निमाको माथी माथी, तोङ्बाको तातोपानी, सपनाकी रानी, देखेको आजै लगायतका दर्जनौं गीत चर्चामा छन् ।
आधुनिक लोकपप, गजलदेखि लिएर जुनसुकै विद्याका गीत गाउने क्षमता भएका गायक निमा थोरै गीत गाउने त्यो पनि छानेर मात्र गाउने गायक भएको कारण उनको अवाजमा के जादु भएकोले नै होला अहिले बजारमा पनि राम्रै माग छ । निमा गीतमात्र गाउदैनन् शब्द, संगीत सिर्जनामा पनि सकृय रुपले लागि परिरहेका छन् ।
उनको आफ्नै शब्द, संगीतमा दशैं आयो, यो साथ, तिमिनै मेरो माया, यादहरु आदि सिर्जना सार्वजनिक भएका छन् भने उनको शब्द, संगीत र स्वरमा ‘चाहना मेरो’ बोलको भिडियो हालै श्रोता तथा दर्शक माझ आएको छ । भिडियोमा पनि स्वयं देखिएका छन् भने पाल्मु शेर्पाले खिचेका हुन् ।
https://www.youtube.com/watch?v=e3ZRjHoU3ZE
Leave A Reply

Your email address will not be published.