सुचना, समाचार र मनोरन्जन

विपिन स्थापितको नेतृत्वमा अडियो भिडियो सोसाइटी अफ नेपाल स्थापना

काठमाडौँ :

नेपाली चलचित्र क्षेत्रमा प्राविधिकहरूको नयाँ संस्था थपिएको छ । विपिन स्थापितको नेतृत्वमा ‘अडियो भिडियो सोसाइटी अफ नेपाल’ गठन गरिएको छ।

संस्थाको उपाध्यक्षमा बनिशविक्रम शाह, महासचिवमा मणिरत्न त्रिपाठी, सचिवमा रोमी तन्डुकार र कोषाध्यक्षमा डिकेश शाही चयन भएका छन्। सदस्यहरूमा संजीव रत्न शाक्य, निरिक्षा घतानी, उषा कार्की र अमित श्रेष्ठ रहेका छन्।

शनिबार चलचित्र विकास बोर्डमा आयोजित कार्यक्रममार्फत संस्थाको औपचारिक घोषणा गरिएको हो । कार्यक्रममा नेपाली चलचित्र क्षेत्रसँग सम्बन्धित १२ वटा संघ–संस्थाका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।

नवगठित संस्थाले अडियो, भिडियो तथा डिजिटल प्रविधिलाई संस्थागत रूपमा अघि बढाउँदै नवीन सोच र सिर्जनात्मक प्रयोगमार्फत नेपाली चलचित्र तथा दृश्य–श्रव्य उद्योगलाई समयसापेक्ष र प्रतिस्पर्धी बनाउने उद्देश्य लिएको जनाएको छ।

कार्यक्रममा चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डीसीले अत्याधुनिक प्रविधि र गुणस्तरमा आधारित निर्माण प्रक्रियाबाट स्वदेशी चलचित्रलाई विश्व बजारसम्म स्थापित गर्न सकिने बताए। कार्यक्रममा नेपाल चलचित्र निर्माता संघका अध्यक्ष उदय सुब्बा, नेपाल चलचित्र संघका उपाध्यक्ष गोपालकाजी कायस्थ तथा मानवरहित विमान (ड्रोन) संघका अध्यक्ष राजभाइ सुवालले पनि आ–आफ्नो धारणा व्यक्त गरेका थिए।

Leave A Reply

Your email address will not be published.