Trending
- जनप्रिय बहुमुखी क्याम्पसको क्याम्पस प्रमुखमा कृष्णबाबु बराल
- असार २७ गते शनिबारको राशिफल पढ्नुहोस
- देश–विदेशमा रुचाइएको ‘जिउँदो आकाश’ फेरि मञ्चन हुँदै, अनिल सुब्बा मुख्य आकर्षण
- निखिल उप्रेतीको ‘आचार्य’को प्रदर्शन मितिमा अन्योलता, दशैंमा आउने चर्चा
- हलमा स्टारहरूको भिड : नेपालीदेखि हलिउड र बलिउड कलाकारहरूबीच रोचक भिडन्त
- बाल प्रतिभाको खोजीमा सर्वनाम थिएटर, ‘म पनि Actor’ राष्ट्रव्यापी अभिनय प्रतियोगिता घोषणा
- असार २९ गतेदेखि नयाँ प्रणालीबाट राहदानी वितरण सुरु गर्ने सरकारको तयारी
- अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ
- वर्षायामसँगै अन्नपूर्ण पदमार्गमा पर्यटक घटे
- महिलालाई आत्मनिर्भर बनाउन बाख्रा उपहार
- मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरणका लागि पहल थालेका छौँः वनमन्त्री चौधरी
निजी क्षेत्रलाई हेर्ने दृष्टिकोण परिवर्तन गर्नुपर्छः अध्यक्ष ढकाल
नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रलाई हेर्ने दृष्टिकोणमा सबैले परिवर्तन ल्याउनुपर्ने बताउनुभएको छ । आज कञ्चनपुर उद्योग वाणिज्य सङ्घको ३४औँ वार्षिक साधारणसभाको उद्घाटन समारोहमा बोल्दै उहाँले निजी क्षेत्र नाफा कमाउनका लागि मात्रै हो भनेर हेर्ने दृष्टिकोण परिवर्तन गर्नुपर्नेमा जोड दिनुभयो ।
“कुल गार्हस्थ उत्पादन (जिडिपी) मा ८० प्रतिशतभन्दा बढी योगदान गर्ने र हरेक पूर्वाधार निर्माणमा योगदान गर्ने निजी क्षेत्र हो”, ढकालले भन्नुभयो, “सबैभन्दा बढी रोजगारी सिर्जना पनि निजी क्षेत्रले गरिरहेका छन् ।” उहाँले सुदूरपश्चिममा पर्यटनको अथाह सम्भावना रहेकाले पर्यटन प्रवर्द्धन गर्ने र रोजगारी सिर्जना गर्ने उद्देश्यले यस क्षेत्रमा आफूले लगानी गरेको बताउनुभयो ।
“सुदूरपश्चिममा जहाँ हेर्यो त्यहीँ सम्भावना छ, त्यसकारण यहाँको सबैभन्दा ठूलो पर्यटन पूर्वाधार अगाडि बढाएका छौँ”, अध्यक्ष ढकालले भन्नुभयो, “यसले सुदूरपश्चिमको मात्रै नभई मुलुमकै पर्यटन प्रवर्द्धनमा टेवा पुगाउने छ ।” उहाँले इमान्दारिताका साथ काम गरे प्रतिफल आउने विश्वास व्यक्त गर्नुभयो । सुदूरपश्चिमबाट छिमेकी मुलुक भारतका ठूला औद्योगिक क्षेत्र नजिक रहेकाले त्यसको फाइदा पनि सुदूरपश्चिमलाई रहेको उहाँले बताउनुभयो ।
“यहाँको बडिमालिका, रामारोशन जस्ता धार्मिक पर्यटकीय गन्तव्य छन्”, ढकालले भन्नुभयो, “अब पर्यटकीय पूर्वाधारमा पनि लगानी हुनुपर्छ ।” उहाँले निजी क्षेत्रको समस्या समाधानका लागि सरकारसँग निरन्तर पहल गरिरहेको बताउनुभयो ।