पोखरा ।
पोखरामा चङ्गा फेस्टिबल हुने भएको छ । पुस २१ गते शनिबार पोखराको प्रदर्शनी केन्द्रमा चङ्गा फेस्टिबल हुने विहिबार आयोजित पत्रकार सम्मेलन मार्फत जानकारी गराइएको छ । पोखरामा भएका प्रतिभालाई प्रस्फोटन गराउने उद्देश्य स्वरुप कार्यक्रमको आयोजना गरिएको चङ्गा प्रोडक्सनका म्यानेजिङ डाइरेक्टर विवेक गुरुङले बताए । उनका अनुसार फेस्टिबलमा ४० स्टल रहनेछन् । जसमा पोखरेली ब्राण्डको प्रवद्र्धन गरिने उनले उल्लेख गरे ।
दिउँसो ११ बजेबाट सुरु हुने फेस्टिबल रातीको ८ बजेसम्म चल्नेछ । फेस्टिबलमा संगीतसँगै कलामा दर्शक रम्न पाउनेछन् । तीन हजार दर्शक भित्र्याउने लक्ष्य लिएको कार्यक्रमको सबै तयारी पूरा भएको बताइएको छ । कार्यक्रममा जोन चामलिङ राई, शिरिगो, प्रजिना, द इन्फेलम ब्याण्ड र द अदृश्य किरण ब्याण्डको प्रस्तुति रहनेछ ।
फेस्टिबलमा नेपाली ब्राण्ड हुबाको फेसन शो समेत हुनेभएको छ । जसमा पोखराकै मोडलहरु ¥याम्पमा उत्रनेछन् । ३ वर्ष अघि खुलेको चङ्गा प्रोडक्सन पछिल्लो समय म्युजिक भिडियो निर्माण कार्यमा सक्रिय छ ।