सुचना, समाचार र मनोरन्जन

‘छक्कापञ्जा ५’को २६ दिनमा २० करोड नजिक

काठमाडौं :

असोज २४ गतेबाट रिलिज भएको फिल्म ‘छक्कापञ्जा ५’को बक्स अफिसमा २० करोड ग्रस नजिक कमाइ गरेको छ। वितरण कम्पनी ब्यांकटेस इन्टरटेनमेन्टले बुधबार २६ दिनसम्मको कमाइ सार्वजनिक गरेको हो।

Pach Pandav

दीपाश्री निरौला निर्देशित फिल्मले आगामी सप्ताहन्तसम्म २० करोड ग्रसको आँकडा पार गर्ने प्रक्षेपण ब्यांकटेस इन्टरटेनमेन्टले गरेको छ। ‘छक्कापञ्जा ५’को यो कूल कलेक्सनमा मोफसलको हिस्सा ५५ प्रतिशत र काठमाडौं उपत्यकाको ४५ प्रतिशत छ।

फिल्ममा दीपकराज गिरी,दीपाश्री निरौला,केदार घिमिरे,वर्षा शिवाकोेटी लगायतले अभिनय गरेका छन्। यस फिल्मका कार्यकारी निर्माता केदार घिमिरे र निर्मल शर्मा रहेका छन्। यो फिल्मसँगै ‘१२ गाउँ’ र ‘ज्वाइँ साब’प्रदर्शनमा आएका थिए।

Leave A Reply

Your email address will not be published.