सुचना, समाचार र मनोरन्जन

एकै दिनमा हेरियो ‘छक्कापञ्जा ५’ को ट्रेलरलाई झण्डै ६ लाख पटक

काठमाडौं :

निर्मल शर्मा निर्माता तथा कलाकार रहेको फिल्म ‘छक्कापञ्जा ५’ को ट्रेलरले दर्शकमाझ उत्साह थपेको छ। शनिबारसाँझ रिलिज भएको ट्रेलरलाई दर्शकले झण्डै ६ लाख पटक हेरेका छन्। युटुबमा रिलिज भएको २४ घण्टामा ५ लाख ८७ हजार पटक हेरेका छन् भने २८ सय भन्दा बढिले ट्रेलरको बारेमा प्रतिक्रिया दिएका छन्।

Chaka Panja

यहि असोज २४ गते फूलपातीको दिन पारेर प्रदर्शन हुन लागेको यस फिल्ममा निर्मल शर्माका अलवा दीपकराज गिरी, केदार घिमिरे र वर्षा शिवाकोटी,राजाराम पौडेल, रमेश बुढाथोकी, प्रकाश घिमिरे, नरेन्द्र थापा, उत्तम केसी, ब्रजेश खनाल, हिउँवाला गौतम, नवीन श्रेष्ठ, दमन रूपाखेती, लोकेन्द्र लेखक लगायत कलाकारहरूको अभिनय छ।

सोसल–कमेडी जनराको ‘छक्का पञ्जा’ को यो शृंखलालाई दीपाश्री निरौलाले निर्देशन गरेकी हुन्। नकरात्मक तथा सकरात्मक टिप्पणीलाई आफुले स्वीकार्ने समेत निर्देशक निरौलाले बताएकी छन्। उनले आइतबार साँझ सामाजिक सञ्जालमार्फत फिल्मको सकरात्मक र नकरात्मक प्रतिक्रिया स्वीकार गर्न आफु तयार रहेको बताएकी हुन्। यो फिल्मको ट्रेलर र गीतमा नकरात्मक केहि प्रतिक्रिया आएका थिए। उनले त्यस्तो प्रतिक्रयालाई आत्मसाथ गरेर अघि बढ्ने जानकारी दिएकी हुन्।

Leave A Reply

Your email address will not be published.