सुचना, समाचार र मनोरन्जन

छक्का पञ्जा टिमको काभ्रेका दाप्चाबासीलाई खानेपानीको सामाग्री सहयोग

काठमाडौं :

फिल्म ‘छक्कापञ्जा ५’को टिमले काभ्रेको एउटा गाउँमा खानेपानीको पायप लगायत सामाग्री बितरण गरेका छन्। आइतबार आयोजित समारोहमा निर्माता तथा अभिनेता दीपकराज गिरी र कार्यकारी निर्माता निर्मल शर्माको टिमले दाप्चा पुगेर धारा निर्माणको लागि आवश्यक सामाग्री प्रदान गरेका हुन्।

Gandarbha

उनीहरुले असोजमा आएको बाढीले दाप्चाका खानेपानीको धारा र मुहानमा क्षति पु¥याएको समयमा आफ्नो तर्फबाट सहयोग गर्ने बाचा गरेका थिए। सोही अनुसार छक्का पञ्जा टिमले डेढसय घरधुरीलाई खानेपानी सुविधा पुग्ने धारा निर्माणका लागिसामाग्री प्रदान गरेका हुन्।

फिल्मको टोलीले वडाध्यक्ष वीरबहादुर लामालाई निर्माण सामग्री प्रदान गरेका छन्। यो फिल्मको पहिलो भाग प्रदर्शनपछि निर्माताले छायांकन थलो काभ्रेको पनौती नगरपालिकालाई एम्बुलेन्स सहयोग गरेका थियो। छक्का पञ्जा टिमले बेला बेलामा विभिन्न स्थानमा एम्बुलेन्स देखि विभिन्न सामाग्रीहरु सहयोग गर्दै आएका छन्।

Leave A Reply

Your email address will not be published.