Trending
- जनप्रिय बहुमुखी क्याम्पसको क्याम्पस प्रमुखमा कृष्णबाबु बराल
- तेस्रो पुम्दी–भुम्दी पर्वतीय दौडको इन्स्योरेन्स पार्टनरमा युनाइटेड अजोड
- पोखरा कांग्रेस रूपान्तरणको स्पष्ट मार्गचित्र: नीति, सङ्कल्प र कार्ययोजना
- विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता मिसेस नेपाल वर्ल्ड २०२६ को स्यासिङ समारोह सम्पन्न
- ‘टनेल २६’ असोज २३ मा नेपाल र भुटानमा प्रदर्शन हुने, पोस्टर सार्वजनिक
- नेपाललाई पाल्पाली सहकारी पत्रकारिता पुरस्कार
- प्रदेशस्तरीय कल्प मिडिया फुटसलको उपाधि एनएफएसजे गण्डकीलाई
- ‘कार्की साइला’की ‘साइली’ मानसी शर्मा: ‘म कलाकार बन्नकै लागि जन्मिएकी हुँ’
- दसैंको फूलपातीमा ‘छ माया छपक्कै २’, फर्स्टलुक पोस्टर सार्वजनिक
- एक्सनले भरिएको ‘आचार्य’को धमाकेदार ट्रेलर सार्वजनिक, निखिलले भने– ‘जंग जित्नु छ’
- नेपाली चलचित्र ‘हली’ असोज ४ गते बेलायतमा प्रदर्शन हुँदै
प्रधानमन्त्री शाहद्वारा सुदूरपश्चिमका सांसदहरुसँग छलफल
काठमाडौँ,
प्रधानमन्त्री वालेन्द्र शाहले सुदूरपश्चिम प्रदेशका सांसदहरुसँग विकास निर्माण तथा त्यस क्षेत्रमा देखिएका समस्या समाधानका बारेमा छलफल गर्नुभएको छ । उहाँले आज सिंहदरबारमा सुदूरपश्चिम प्रदेशमा विकास निर्माणका बारेमा छलफल गर्दै समस्या समाधानमा पहल गर्ने बताउनुभएको डोटीका सांसद भरत खड्काले राससलाई जानकारी दिनुभयो ।
“प्रधानमन्त्रीले प्रदेशगत रुपमा निर्वाचित सांसदसँग विकासको वस्तुस्थितिबारे छलफल गर्नुभएको हो”, प्रधानमन्त्रीसँगको भेटबारे सांसद खड्काले भन्नुभयो । प्रदेश र जिल्लाभित्रका विकासका योजनाका बारेमा आफूहरुले प्रधानमन्त्रीसँग कुरा राखेको बताउनुभयो ।
“सेती जलविद्युत् आयोजना, कैलाली–दिपायल सडक, सेती लोकमार्गलगायत सडक निर्माण एवं स्तरोन्नति, सिँचाइ, शिक्षा, स्वास्थ्य क्षेत्रको स्तरोन्नति तथा हवाई सेवा विस्तारलगायत विषयमा प्रधानमन्त्रीको ध्यानाकर्षण गराएँ”, सांसद खड्काले भन्नुभयो ।
सांसदहरुले प्रस्तुत गर्नुभएका विषयलाई सम्बोधनको प्रयास गर्ने प्रधानमन्त्री शाहले जानकारी दिनुभएको उहाँले बताउनुभयो । साथै प्रधानमन्त्रीले समस्याहरु सचिवालयमा टिपाउन आग्रह गर्नुभएको थियो ।
प्रधानमन्त्री शाहले सोमबार कोशी र कर्णाली प्रदेशबाट संसद्मा प्रतिनिधित्व गर्नुभएका विभिन्न राजनीतिक दलका सांसदहरुसँग छलफल गर्नुभएको थियो ।
